शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस महाधिवेशनको सुरक्षार्थ साँढे ६ सय प्रहरी परिचालन, भोलि अझै थपिने

शनिबार, २२ फागुन २०७२, १८ : ४०
शनिबार, २२ फागुन २०७२

काठमाडौं–कांग्रेसको महाधिवेशन चलिरहेको राजधानीको भृकुटिमण्डपमा छ सय भन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका चार सय पचास र सशस्त्रका करिब दुई सय प्रहरी परिचालन गरेर महाधिवेशन स्थलको सुरक्षालाई कडा बनाइएको छ । नेपाल प्रहरीले तीन जना डिएसपीहरुलाई महाधिवेशन स्थलमा खटाएको छ । महाधिवेशनको सुरक्षार्थ खटिएका प्रहरीको कमाण्ड महानगरीय प्रहरी परिसरका एसपी प्रधुम्न कार्कीले गरेका छन् । हरेक छ घण्टाको फरक डिएसपीसहित नेपल प्रहरीको जम्बो टिम परिवर्तन भईरहन्छ । त्यस्तै सशस्त्र प्रहरीले डिएसपीको कमाण्डमा करिब दुई सय प्रहरी महाधिवेशन स्थलको सुरक्षार्थ खटाएको छ । भृकुटीमण्डपको बन्द सत्र चलिरहेको हलभन्दा बाहिरको पुरै एरियामा सिसीटिभी जडान गरिएको छ । नगर प्रहरीले सिसीटीभीबाट सुरक्षाको मनिटरीङ गरेको छ । महाधिवेशनमा कांग्रेसले स्वयंसेवक परिचालन गरेको छैन । स्वयंसेवाका लागी भन्दै करिब दुई सयको हाराहारीमा खटिएका भुपु सैनिक संघका सदस्यहरुले सुरक्षा ब्यवस्थापनमा खासै भुमिका खेलेका छैनन् । ‘सुरक्षा ब्यवस्था मेनेजेबल छ,’ भृकुटीमण्डपको मुलगेटमा खटिएका डिएसपी प्रजित केसीले भने, ‘भृकुटीमण्डपको पुरै एरिया कभर हुनेगरी प्रहरी परिचालन गरेका छौं ।’ त्यस्तै भोलि आईतबार प्रहरीको संख्या बढाईने डिएसपी केसीले जानकारी दिए । चुनावको दिन भिडभाड बढ्ने हुनोले करिब नौ सय प्रहरी परिचालन गर्न लागिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप