शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सरकार परिवर्तन नहुने सरकारका प्रवक्ताको दावी

शनिबार, २२ फागुन २०७२, १९ : २५
शनिबार, २२ फागुन २०७२
झापा -  सूचना तथा सञ्चारमन्त्री शेरधन राईले लोकतन्त्रमा सरकार परिवर्तन सामान्य कुरा भएपनि वर्तमान सरकार परिवर्तन नहुने बताएको छ । प्रेस चौतारी झापाले आज दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले सरकारको विकल्प खोज्नुभन्दा यही सरकारलाई विस्तार गरेर अघि बढ्नु उत्तम विकल्प रहेको बताउँदै नेपाली काँग्रेस संविधान कार्यान्वयनका बेला किनारा लागेको आरोप लगाए । नेपाली काँग्रेस जसरी पनि राष्ट्रिय सरकारमा आउने दावी पनि उनले गरे । यो संविधानको मूल जगमा रहेर सरकार बनेकाले संविधान कार्यान्वयन, पुनःनिर्माण र विकास निर्माणका कार्यलाई अघि बढाउँदै लैजाने मन्त्री राईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप