एशिया कपको फाइनल भोलि : रेकर्ड बनाउने ताकमा भारत
काठमाडौं - एशिया कप क्रिकेटको फाइनलमा आइतबार बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुदैँ । बंगलादेश र भारत एशियाकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन् । भारतले यसअघि ५ पटक एशिया कप जितिसकेको छ । मीरपुरमा आइतबार नेपाली समयअनुसार ७ बजेर १५ मिनेट जादाँ यो खेल सुरु हुनेछ । – भारतले आइतबार उपाधी जित्यो भने सर्वाधिक ६ पटक उपाधी जित्ने एक्लो किर्तिमान उसको नाममा हुनेछ । – अहिलेसम्म भारत र श्रीलंकाले समान ५–५ पटक उपाधी जितेका छ । एकपटक दुबै टिमले फाइनलमा बराबरी खेलेर उपाधी बाडेँका थिए । – भारतले १९८४,१९८८,१९९०–९१, १९९५ र २०१० मा यो उपाधी जितेको छ । यस्तो छ बंगलादेशको लक्ष्य – बंगलादेश पहिलो पटक एशिया कप जित्न चाहन्छ । – बंगलादेश एशिया कपको फाइनलमा पुगेको यो दोस्रो पटक हो । – २०१२ मा बंगलादेश घरेलु मैदानमै फाइनलमा पुगेको थियो । तर फाइनलमा पाकिस्तानसँग २ रनले पराजित भयो । प्रतियोगितामा भारतको यात्रा पहिलो खेल : बंगलादेश विरुद्ध ४५ रनको जीत दोस्रो खेल : पाकिस्तान विरुद्ध ५ विकेटको जीत तेस्रो खेल : श्रीलंका विरुद्ध ५ विकेटको जीत चौथो खेल : यूएई विरुद्ध ९ विकेटको जीत प्रतियोगितामा बंगलादेशको यात्रा पहिलो खेल : भारत विरुद्ध ४५ रनले पराजित दोस्रो खेल : यूएई विरुद्ध ५१ रनले विजयी तेस्रो खेल : श्रीलंका विरुद्ध २३ रनले विजयी चौथो खेल : पाकिस्तान विरुद्ध ५ विकेटले विजयी यि हुन् टिम इन्डियाका महत्वपूर्ण खेलाडी – अलराउन्डर हार्दिक पान्डेयले अहिलेसम्म ७ विकेट लिइसकेका छन् । – जसप्रीत बुमराहले ५ विकेट लिएका छन् । आश्विनले ३ खेलमा ३ विकेट लिए । – विराटले अहिलेसम्म १ सय १२ रन बनाएका छन् । उनले दुई खेलमा म्यान अफ दि म्याचको अवार्ड जिते । – ओपनर रोहित शर्मा प्रतियोगिताकै सर्वाधिक रन स्कोरर हुन् । उनले १ सय ३७ रन बनाए । स्टार अलराउन्डर युवराज सिंह पनि फर्ममा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण