शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बुढासुब्बाको उपाधिमा मनाङको ह्याट्रिक

शनिबार, २२ फागुन २०७२, १९ : ४४
शनिबार, २२ फागुन २०७२

धरान - १८ औं आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको उपाधि लक्ष्मी हुण्डाई म¥र्याङ्दी क्लबले जितेको छ । मनाङले फाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजीत गरेको हो । मनाङले उपाधीसँगै नगद रु ४ लाख पुरस्कार हात पारेको छ । विद्यागत पुरस्कारमा पनि मनाङ पुलिसभन्दा धेरै माथि रह्यो । कुल ६ वटा विद्यागत पुरस्कारमा मनाङले ५ वटा जित्यो । मनाङका गोल किपर किरण चेम्जोङ प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडीका साथै उत्कृष्ट गोल किपर समेत घोषित भए उनले सर्वाेत्कृष्ट खेलाडी घोषित हुदै यामाहाको मोटरसाइकलका साथै उत्कृष्ट गोल किपर वापत नगद रु ११ हजार सहित मेडल प्राप्त गरे । त्यस्तै मनाङका सुरज विक उत्कृष्ट डिफेन्स, मनाङकै हेमन गुरुङ उत्कृष्ट मिड फिल्डर, मनाङकै अनिल गुरुङ उत्कृष्ट स्ट्राइकर र मनाङका प्रशिक्षक छिरीङ लोप्साङ गुरुङ प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक घोषितहुदै जनही रु ११ हजार सहित मेडल पुरस्कार समेत प्राप्त गरेका छन् । त्यस्तै मनाङका अपिज ओलावाले प्रतियोगिताको सर्वाधिक गोलकर्ता घोषितहुँदै नगद रु २५ हजार पुरस्कार पाएकाछन् । उपाधीसँगै मनाङ बुढासुब्बा गोल्डकपमा ह्याट्रिक गरेको छ । मनाङले यसअघिगरी छैठौं र तेह्रौ संस्करणको बुढासुब्बा गोल्डकप जितिसकेको छ भने यस संस्करण सहित तीन पटक उपाधी जित्यो साथै मनाङले यो वर्ष मोफसलमा भएको तीन ठुला गोल्डकपको उपाधी जित्दै ह्याट्रिक गर्न सफल भएको छ । यससँगै मनाङले बुढासुब्बामा पनि ह्याट्रिक र यस सिजनमा पनि ह्याट्रिक गर्न सफल भएको छ । मनाङले हेटौडामा भएको सुमन बम्जन र पोखरामा भएको आहा रारा गोल्डकपको उपाधि जितिसकेको छ । नेपाल पुुलिस क्लब भने उपविजेता हुँदै नगद रु २ लाख सहित ट्रफि जितेको छ । पुलिसका सुरज विक प्रतियोगिताको वेष्ट डिफेन्स घोषित हुँदै नगद रु ११ हजार सहित मेडल पुरस्कार जितेका छन् । गतवर्ष ९ टिम सम्मीलित राष्ट्रिय लिगमा सातौ भएपछि छायामा रहेको नेपाल पुलिस क्लबले यस वर्ष मोफसलको ठुला गोल्डकप मध्ये विराट गोल्डकपको उपाधि जित्यो भने बुढासुब्बा गोल्डकपमा पनि उपविजेता हुदै पुनरागमनको बलियो दाबेदारी प्रस्तुत गर्न सफल भएको छ । मनाङका लागी एकमात्र निर्णायक गोल अफ्रिकन खेलाडी अपिज ओलावालेले गरेका थिए । उनले दोस्रो हाफको ४२ औं मिनेटमा हेमन गुरुङले प्रहार गरेको कर्नर बललाई विपक्षि गोल पोष्टमा रुमल्लिएको बेला जाली चुमाएका थिए । खेल अवधिभर पुलिसले रक्षात्मक खेल्दै मनाङका दर्जनौं प्रयासलाई विफल तुल्याएको पुलिस त्यही एक गोलले पराजीत भयो । पराजीत भएपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले खेलको अन्त्यतिर गोल खानु नै दुर्भाग्य भएको बताए । खेलमा जुमनु राईले पाएको मौकामा स्कोर गर्न नसक्नुले नै पराजीत भएको बताए । खेलमा पुलिसका जुमनु राईले पाएको उत्कृष्ट मौकालाई मनाङका गोल किपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । पहिलो हाफको ४१ औं मिनेटमा विनोद कार्कीले मिलाइदिएको पासलाई जुमनुले वान भर्सेज वानमा गोल गर्न चुके । मनाङले आक्रामक खेल्दै पुलिसको पोष्टमा दर्जनौं आक्रमण ग¥यो तर पुलिसको रक्षापंक्ति बलियो भएकोले त्यसलाई छिचोल्न मनाङलाई धेरै कठिन प¥यो । मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले भने, ‘पुलिसको तुलनामा हामीले धेरै मौका पायौ । त्यसमा एउटा स्कोर भयो त्यही स्कोरले जित्यौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप