शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सिफारिस नआएपछि राहत वितरण हुन सकेन

आइतबार, २३ फागुन २०७२, ०७ : ५९
आइतबार, २३ फागुन २०७२
भोजपुर–भोजपुर जिल्लाको दक्षिणी घोडेटारमा भूकम्पपीडितको प्रमाणित सिफारिस नआएपछि अहिलेसम्म राहत वितरण हुन सकेको छैन् । भोजपुर १२ नं इलाकाका भूकम्पपीडितको सहयोगार्थ लगाइएको मेलाबाट सङ्कलित रकम सिफारिस नआएपछि वितरण गर्न नसकेको आयोजक समितिका अध्यक्ष सत्कार श्रेष्ठले जानकारी दिए । गत कात्तिक महिनाको अन्तिम सातामा रमाइलो मेलाको आयोजना भएको भए पनि फागुन महिना बितिसक्दा पनि राहत भने वितरण हुन सकेको छैन । श्रेष्ठका अनुसार इलाकाको रानीवास, होम्ताङ, खैराङ, सिन्द्राङ, पात्लेपानी र हसनपुर गाविसमध्ये रानीवास गाविसको मात्र सिफारिस आएको छ । प्रत्येक गाविसबाट भूकम्प प्रभावित दुई घरपरिवारको सिफारिस मागिएको थियो । आयोजकले उनीहरुलाई प्याकेज राहत सामग्री वितरण गर्ने आश्वासन दिएको थियो । यसैगरी गत वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउने रानीवास गाविसकी रविना राई र बालङ्खा गाविसकी मृतकको परिवारलाई कम्तीमा रु २० हजार बराबरको आर्थिक राहत दिने श्रेष्ठले जानकारी दिए । रविना राईको परिवारका लागि आवश्यक कागजातसहितको सिफारिस आयोजकलाई प्राप्त भइसकेको छ भने बालङ्खा गाविसकी मृतकको परिवारबाट नआएको आयोजकले जानकारी गराएको छ । सिफारिस पठाउन बाँकी भूकम्प प्रभावितको सिफारिस आएलगत्तै राहत वितरण गरिहाल्नेसमेत आयोजकले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप