बालकको डुबेर मृत्यु, किशोरीको हत्या
आइतबार, २३ फागुन २०७२, ०८ : ०२
इटहरी,-सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–७ स्थित चौधरी समुदायले निर्माण गरेको प्राचीन पोखरीमा शनिबार साथीसँग मिलेर पौडी खेल्दै नुहाउन पोखरीमा केराको थामसहित पसेका दुई बालकमध्ये एक बालकको डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार गोमा राईका अन्दाजी १२ वर्षीय छोरा कृष्टल राई केराको थामसँगै साथीसँग पोखरीको बीचभागमा पुगेपछि दुवै जना पोखरीको बीचभागमा अत्तालिएर कहाल्लिइरहेका अवस्थामा थाहा पाउनेले तत्काल उद्धार गर्दा कृष्टलको मृत्यु भइसकेको अवस्थामा बाहिर निकालिएको र अर्का बालक भने जीवित नै बाहिर निकाल्न सफल भएको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए ।
यसैगरी, एक अज्ञात समूहले इटहरी उपमनपा–२ निवासी अन्दाजी १३ वर्षीया बालिका सपना भुजेललाई हत्या गरेर फालिएको अवस्थामा इटहरी–३ स्थित बुढीखोला किनारमा उनको शव फेला परेकाले उनको कसले र के कारणले हत्या गरेको हो भन्ने विषयमा खोज अनुसन्धान भइरहेको पनि इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण