शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

म्याग्दीका किसानमा झुसीलकिराको आतंक

आइतबार, २३ फागुन २०७२, ०९ : १७
आइतबार, २३ फागुन २०७२

म्याग्दी - म्याग्दीको राहुघाट क्षेत्रमा झुसीलकिराको प्रकोप फैलिएको छ । एक महिनादेखि फैलीएको झुसीलकिराका कारण पशु चौपाया र मानिसहरु प्रभावित भएका छन् ।

जंगलमा चरनका लागि गएका भेडाबाख्राले घाससँगै झुसीलकिरा खाँदा भेडाबाख्रा मरेको चिमखोलाका दुर्गा पुनले बताउनुभयो । उनका अनुसार चिमखोलामा मात्रै पछिल्लो एक हप्तायता २० वटा भन्दा बढी भेडाबाख्रा मरिसकेका छन् ।

घाँससंगै झुसीलकीरा खाँदा पाचन प्रक्रियामा असर पुग्ने र धाढीएर भेडाबाख्रा मर्ने क्रम बढेको पुनले बताउनुभयो । बिशेषगरी उत्तिसका रुखहरु भएको जंगलमा झुसीलकिरा फैलीएको छ । मानिसहरु पनि काउसो बिझ्ने हुँदा जंगलमा घाँस दाउरा गर्न जान सकेका छैनन् । चिमखोलाको साथै छिमेकी कुईनेमंगले, दग्नाम र पाखापानी गाविसको जंगलमा पनि झुसीलकिराको प्रकोप फैलिएको छ । झुसीलकिराले स–साना बोटबिरुवाको डाँठ खाएर सखाप बनाएको छ । जंगलैभरी झुसीलकिरा फैलिएको चिमखोलाका गाविस सचिव जितबहादुर सुनारले बताए ।

केही ठाउँका बासिन्दाले झुसीलकिराको प्रकोप नियन्त्रण गर्न जंगलमा डडेलो लगाएका छन् । जसले गर्दा वन्यजन्तु, पंक्षीको बासस्थानका साथै घरपालुवा जनावरलाई चरनको अभाव भएको छ । झुसीलकिराको प्रकोपले सो क्षेत्रको संयौ हेक्टर जंगल सखाप पारेको छ । म्याग्दीका जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले झुसीलकिराको प्रकोपका बारेमा आफुलाई जानकारी नभएको र सम्बन्धित ईलाका वन कार्यालयसंग बुझ्ने प्रतिक्रिया दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप