कन्हैयाकुमारको नाममा हारेको भारत सरकार
नयाँ दिल्ली – १९ फेब्रुअरीमा जी न्यूजका पत्रकार विश्व दीपकले लेखेको राजीनामा पत्रकार उल्लेख छ – ‘जेएनयू विद्यार्थी संगठनका अध्यक्ष कन्हैयाकुमारको बहानामा सुरु गरिएको अन्ध राष्ट्रवादी अभियान र यसमा हामीले खेलेको भूमिकाको विरोधमा राजीनामा गरेको छु ।’ भारतीय सञ्चारमाध्यम जी न्यूजले नरेन्द्र मोदी सरकारको पक्षमा वकालत गरिरहेको महसुस सारा भारतीय जनताले गर्दा उनले आफू पत्रकारसँगै देशको एक नागरिकसमेत भएकाले राजीनामा गरेको उल्लेख गरेका छन् । उनले देशलाई गृहयुद्धतर्फ लैजान सञ्चारमाध्यमले समेत भुमिका खेलेको उल्लेख गर्दै लेखेका थिए– ‘मे २०१४ मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि देशका हरेक न्यूजरुममा साम्प्रदायिकरण भएको छ र स्थिति भयावह छ ।’ विश्व दीपकले भनेझैँ जी न्यूजले लगातार कन्हैयाकुमार राष्ट्रद्रोही तथा विखण्डनकारी रहेको जनाएको थियो । तर अहिले उनी अदालतबाट अन्तरिम आदेश पाएपछि छुटेका छन् । अदालतमा उनको मुद्दाको टुंगो लाग्न केही समय कुर्नुपर्छ । तर, राज्यद्रोहको मुद्दामा जमानत पाउनु भनेकै आरोपितले मुक्ति पाउनु सरह हो । बिबिसी हिन्दीका अनुसार विवादास्पद यस भिडियोले कन्हैया कुमार प्रकरणमा भूमिका खेलेको कुनै पुष्टि अहिलेसम्म भएको छैन । ‘अब त्यसो भए भारतको समय परिवर्तन कता गयो ? किन कन्हैयाकुमार राष्ट्रिय चासोको विषय बने ? यो भारतीय जनता पार्टीको सरकारले उदाहरवादीहरु विरुद्ध गरेको दमनको पछिल्लो स्वरुप मात्रै हो । समग्रमा भारत सरकार अल्पसंख्यकको अधिकारको रक्षा गर्न असफल छ,’ भन्ने बहस कन्हैयाको गिरफ्तारी र रिहाईपछि अझै बढेको छ । रिहाईपछि जेएनयूमा उपस्थित भएर कन्हैयाकुमारले भनेका छन्– ‘अफजल गुरु होइन रोहित वेमूला हुन्, मेरो आर्दश । कति रोहित बेमूलाहरुलाई मार्छौ ? हरेक घरबाट रोहितहरु जन्मनेछन् ।’ उनले जेएनयूमा उपस्थित भएर फेरि ‘आजादी’ को नारा लगाएका छन् । अन्य विद्यार्थीहरुलाई सम्बोधन गर्दै भनेका छन्, ‘हामी भारतबाट होइन भारतभित्र ‘आजादी’ चाहन्छौ ।’ एमनेस्टी इन्टरनेशलले भारत सरकार मानवअधिकारको रक्षा गर्न असफल भएको रिर्पोट सार्वजनिक गर्दा कन्हैयाकुमार प्रकरणले नरेन्द्र मोदी सरकारको छविमा थप हिलो ह्यापेको छ । एमनेस्टीकोे २०१५–१६ को वार्षिक रिर्पोटमा भारतको प्रशासन धार्मिक हिंसा तथा थुप्रै घटनालाई रोक्न असफल रहेको उल्लेख छ । भारतको सन्दर्भमा एमनेस्टीले भनेको छ– ‘थुप्रै कलाकार, लेखक तथा वैज्ञानिकले बढ्दो असहिष्णुताको विरोधमा प्रदर्शन गर्दै राष्ट्रिय सम्मान फिर्ता गरेका छन् ।’ रिर्पोटमा सरकारी नीतिको आलोचना गर्ने नागरिक समाज र संघसंस्थाहरुलाई भारतीय प्रशासनले कडा कारबाही गरेको उल्लेख छ । त्यस्तै विदेशबाट ति संगठनलाई आउने पैसामा समेत भारत सरकारले प्रतिबन्ध लगाएको उल्लेख छ । यसअघि अम्बेडकर विद्यार्थी संगठन (एएसए) का तर्फबाट अन्यायका विरुद्ध आवाज उठाएपछि हैदरावाद विश्वविद्यालयमा पिएचडी पढ्दै गरेका रोहित बेमुलालाई विश्वविद्यालयले उपलब्ध गराउँदै आएको मासिक २५ हजार भारु छात्रवृत्ति बन्द गरेको थियो । समानताका पक्षमा नारा लगाउँदा साथिभाई तथा कलेज प्रशासन समेतले गरेको दुव्यर्हारपछि बाध्य भएर रोहितले आत्महत्याको बाटो रोजेका थिए । उनले सुसाईड नोटमा बाल्यकालदेखी नै एक्लो महसूस गर्दै आएको उल्लेख गरेका थिए । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले स्पष्ट बहुमत हासिल गरेसँगै नरेन्द्र मोदीले कुनै पनि जाती, समूदाय र वर्गप्रति भेदभाव नगर्ने बताएका थिए । तर, उनको वचनवद्धता विपरित भारतीय जनता पार्टी तथा यसको संगठन भारतीय स्वयंम्सेवक संघले बढ्दो हिन्दू अतिवादका नाममा अल्पसंख्यक मुस्लिमसँगै पिडछिएको वर्ग तथा फरक मत राख्ने पार्टीमाथि दमनको नीति अख्तियार ग¥यो । चुनाव जितेको दुई वर्ष नपुग्दै मोदी सरकार अहिले हिन्दू अतिवादीहरुलाई संरक्षण गर्दै अन्य जाति तथा समूदायलाई दमन गर्न सक्रिय छ । यसैको विरोधमा कलाकार, लेखक तथा वैज्ञानिकले राष्ट्रिय सम्मान फिर्ता गरेका हुन् । भारतमा अहिले धार्मिक तानवसँगै जातिय भेदभाव तथा लैगिंक हिंसा बढेको एमनेस्टीको ठहर छ । एमनेस्टी इन्टरनेशनल इन्डियाका कार्यकारी निर्देशक आकार पटेलले सन् २०१५ मा भारतमा मानवअधिकार विरोधी घटना बढेको बताएका छन् । सरकराले नागरिक समाजका संगठनहरुमाथि प्रतिबन्ध लगाउने काम तिव्र पारेको छ । पटेलले भारतमा आधिकार हनन भइरहदाँ यसको विरोध हुनुमात्रै एक सकारात्मक पक्ष रहेको बताएका छन् । भारतीय प्रशासनको विरोध गर्दै एमनेस्टीले भनेको छ – ‘धार्मिक हिंसालाई थुप्रै पटक रोक्न सरकार असफल रह्यो । पटक–पटक ध्रुवीकरण गराउने भाषण गर्दै नेताहरुले तनावको पक्षमा योगदान गरे ।’
जनवरीमा रोहित बेमुलाले आत्महत्या गरेपछि भारतमा स्वतन्त्रताको विषयलाई लिएर सुरु भएको बहसले यतिबेला नयाँ मोड लिएको छ । ९ फेब्रअरीमा वामपन्थी समूहका विद्यार्थीहरुले जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा सांस्कृतिक कार्यक्रम आयोजना गरेका थिए । साबरमती होस्टल अगाडी ५ बजे आयोजना भएको कार्यक्रमका दौरान भारतीय जनता पार्टीको विद्यार्थी संगठन र वामपन्थी विद्यार्थीहरुबीच झडप भयो । भारतीय जनता पार्टीका विद्यार्थीहरुले कन्हैयाकुमारको नेतृत्वमा आयोजित कार्यक्रममा भारतविरोधी नारा लागेको आरोप लगाए । त्यस्तै, सन् २०१३ मा देशद्रोहको मुद्दामा फाँसी दिइएका अफजल गूरुको समर्थनमा नारावाजी गरेको र भारतलाई टुक्रा–टुक्रा गर्ने चेतावनी दिएको आरोप विपक्षीहरुको थियो । जेएनयूमा आयोजना भएको त्यही कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो र विद्यार्थीहरुले स्वतन्त्रतासँगै अफजल गुरु तथा भारत विभाजनको पक्षमा गरेको नारावाजी सामाजिक सञ्जालमा भाइरल भयो । भारतीय सञ्चारमाध्यमहरुले जेएनयूमा देशद्रोही क्रियाकलाप भएको भन्दै घटनालाई उचाले । त्यसपछि १२ फेब्रुअरीमा दिल्ली पुलिसले विद्यार्थी संगठनका नेता कन्हैया कुमारलाई पक्राउ ग¥योे । लगत्तै अर्को सनसनीपूर्ण तथ्य सार्वजनिक भयो । केही दिनपछि जेएनयूमा देश विरोधी नाराबाजी भएको भन्दै तयार पारिएको भिडियो सम्पादन गरेर मिलाईएको पुष्टि दिल्ली सरकारले ग¥यो । भिडियोलाई सम्पादन गरेर मिलाईएको र भारतीय च्यानलहरुबाट प्रोपोगाण्डाका रुपमा फैलाउँदै कन्हैयाकुमारलाई दोषी साबित गरेर स्वतन्त्रता कुण्ठित गर्न खोजेको आरोप सर्वसाधारणले लगाएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भिडियोको यर्थाथ जाँच गर्न लगाएका थिए । हैदरावादस्थित एक ल्याबमा ति भिडियोहरु वास्तविक हुन् वा सम्पादन गरेर मिलाईएको हो भन्ने विषयमा जाँच गरियो । सञ्चारमाध्यममा आएको समाचारअनुसार दुई भिडियोमा जसको आवाज छ, ति व्यक्ति नै दृश्यमा देखिएका छैनन् । ७ भिडियो जाँचका लागि ल्याबमा पठाइएको थियो । त्यसमध्ये दुई भिडियोलाई सम्पादन गरेर मिलाईएको पाइयो । बाँकी ५ भिडियो ठीक छ । अदालतको भिडियोको वास्तविकता र घटनाको यर्थाथका विषयमा अनुसन्धान चलिरहँदा अन्तरिम आदेशमा ६ महिनाका लागि कन्हैयाकुमार जेलबाट रिहा भएपछि यतिबेला भारत सरकारका लागि नयाँ टाउको दुखाई भने सुरु भएको छ । के हो जेएनयू प्रकरण ? १ भिडियो सार्वजनिक : ९ फेब्रुअरीमा जेएनयू परिसरमा आयोजित एक कार्यक्रमका दौरान भएको नारावाजीको भिडियो सनसनीपूर्ण रुपमा फैलियो । यस भिडियोमा कन्हैयाकुमारले आजादी अर्थात स्वतन्त्रताको नारा लगाएका छन् । उनी चिच्याएका छन् –‘हामीले हाम्रो स्वतन्त्रता पाउनेछौ । उनले यही वाक्य बारम्बार दोहो¥याएका छन् । यस भिडियोमा अन्य विद्यार्थीहरुले अफजल गुरुको पक्षमा नारा लगाएका छन् । अफजल गुरुको सपनालाई पुरा गर्ने बताएका छन् । काश्मिर स्वतन्त्रताको माग राख्दै भारतीय संसद् भवनमा २००३ मा आक्रमण गर्ने अफजल गुरुलाई दुई वर्षअघि फाँसी दिइएको थियो । २ कन्हैयाको गिरफ्तारी : देशद्रोहको अभियोगमा दिल्ली पुलिसले १२ फेब्रअरीमा कन्हैयाकुमारलाई गिरफ्तार ग¥यो । जेएनयू परिसरमा आजादीको नारा लगाउने विद्यार्थीहरुले भारतबाट विभाजन खोजेको र त्यसको नेतृत्व कन्हैयाकुमारले गरेको सरकारको आरोप थियो । त्यसैले उनीमाथि देशद्रोहको मुद्धा चलाइएको छ । ३ भिडियोको छानविन : पक्राउपछि कन्हैयाकुमारले विभाजनको पक्षमा नारा नलगाएको प्रतिक्रिया दिए । यति नै बेला एबिपि मिडियाले पुरै कार्यक्रमको नयाँ भिडियो फूटेज सार्वजनिक ग¥यो । यस भिडियो फूटेजमा कन्हैयाकुमारले असमानता र रक्तपातपूर्णस्थितीबाट स्वतन्त्रताको माग गरेका थिए । तर भारतबाट छुट्टिने स्वतन्त्रता मागेका थिएनन् । उनका कुनै पनि शब्दहरु भारत विरोधी नरहेको र उनका कुनै पनि नाराहरुले अराष्ट्रवादी भाव नपोखेको नयाँ भिडियोले देखायो । ४ भिडियो जाँच : दिल्ली सरकारले भिडियो जाँच्नका लागि हैदरावादस्थित एक ल्याबमा पठायो । कार्यक्रमका ७ भिडियोमध्ये ५ भिडियो जस्ताको–तस्तै प्रशारण भएको पाइयो , बाँकी दुई भिडियो सम्पादन गरेर मिलाईएको थियो । कन्हैयाकुमारलाई देशद्रोही बताउने मिडियाहरुले नै बाँकी दुई भिडियोलाई प्रशारण गरेका थिए । सम्पादन नगरिएका ५ भिडियोमा उनले देशद्रोही नारा लगाएको प्रमाण छैन् । सम्पादन गरिएका भिडियोमा जसको आवाज सुनिएको छ । त्यो व्यक्ती क्यामेरामा देखिएको छैन् । ५ रिहाई : भारतको हाईहोर्टले उनलाई रिहा गर्नका लागि अन्तरिम आदेश दिएपछि उनी रिहा भएका छन् । तर उनको मुद्दाको टुंगो अझै लागेको छैन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण