वाइसिएलद्वारा ११ हजार लिटर डिजेल बरामद, प्रहरीलाई बुझाइयो
काठमाडौं – एमाओवादीको भातृ संगठन वाइसिएलले चितवनमा कालोबजारीका ल्याइरहेको ११ हजार लिटर डिजेल बरामद गरेको छ । नवलपरासीबाट ट्रकमा हालेर ल्याइरहेको अवैद्य डिजेललाई वाइसिएल चितवनले बरामद गरेको हो । वाइसिएल चितवनका इश्वर सापकोटा ‘सुमन’ ले दिएको जानकारी अनुसार नवलपरासीको त्रिवेणीबाट काठमाडौं जाँदै गरेको ना ४ ख ५५९४ नम्बरको ट्रक बाट ४६ वटा ड्रममा ११ हजार लिटर तेल बरामद गरिएको छ । कालोबजारीको तेल काठमाडौं लगिँदैछ भन्ने सूचनाको आधारमा ट्रकको खानतलासी गर्दा ठूलो परिणाममा तेल भेटिएको सुमनले जानकारी दिए । ‘हामीले ट्रकमा डिजेल लोड हुँदैछ भन्ने सूचना पाएपछि गाडी नम्बरलाई वाच गरिरहेका थियौं । उक्त ट्रकले कावासोतीमा चेकिङमा नगई छलेर आएको पायौं । भ्याट तिरेर ल्याएको भए त्यसो गर्न नपर्ने त्यही भएर हामीले नियन्त्रणमा लियौं,’ उनले भने । ट्रकलाई रामनगरबाट नियन्त्रणमा लिएर चितवन प्रहरीकहाँ बुझाइएको छ । नवलपरासीको अन्जान चौधरी भन्ने व्यक्ति यसमा संलग्न रहेको खुलेको छ । उनले साइकलबाट तेल ओसारेर कालोबजारी गर्ने गरेको प्रारम्भिक सूचना प्राप्त भएको सुमनले जानकारी दिए । ‘अन्जान चौधरी भन्ने व्यक्ति फरार छन् । हाल ड्राइभर र खलासी प्रहरी नियन्त्रणमा रहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण