अब साइकलमै वासिङ मेसिन : व्यायामसँगै कपडा धुनुहोस्
वेइजिङ – चीनको डेलियन राष्ट्रिय विश्वविद्यालयका विद्यार्थीहरुले साइकलमै वासिङ मेसिन फिट गर्ने नयाँ काइदा निकालेका छन् । उनीहरुका अनुसार यो प्रविधीको विकासपछि साइकल कुदाउदा कुदाउँदै कपडा सफा हुने बताएका छन् । उनीहरुले साइकलमै यस्तो प्रविधिको विकास गर्दै यसलाई बिडब्ल्यूएम अर्थात वाइक वासिङ मेशिनको नाम दिने भएका छन् । ‘साइकल कुदाउनु अभ्यासका लागि राम्रो हो । त्यस्तै कपडा धुनु पनि मानिसको दैनिक वा कम्तिमा पनि सातामा एकपटकको काम पर्छ । त्यसैले दुबैलाई जोडेर हामीले एकैपटक संभव हुनेगरी एउटै प्रविधि विकास गरेका हौ ।’ यो प्रविधिको निमार्णमा लागेका विद्यार्थीहरुले छन् । साइकल कुदाउँदै गर्दा घर्षणका कारण त्यसमा जडान गरिएको सिलिन्डर तात्ने र त्यसैले वासिङ मेसिनलाई घुमाउने निर्माताहरुले बताएका छन् । यसअघि नै स्लोभाकियामा बारबोरा टोबोलोभाले यस्तो प्रविधि विकास गरेका थिए । अहिले यसको अवधारणा अघि सरेपनि यस्तो प्रविधिको विकास भने भएको छैन् । यसलाई छिट्टै मूर्तरुप दिनेमा चिनियाँ विद्यार्थीहरु छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण