शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ताप्लेजुङमा असिना : बालीनालीमा क्षति, किसान चिन्तित

आइतबार, २३ फागुन २०७२, ११ : २४
आइतबार, २३ फागुन २०७२

ताप्लेजुङ - शनिबार साँझ ताप्लेजुङका विभिन्न गाविसमा परेको असिनाका कारण हिउँदे बालीनालीमा क्षति पुगेको छ । जिल्लाका पूर्वी क्षेत्रका मेहेले, सुरुम्खिम, खेवाङ, पेदाङ, आम्वेगुदिन, सादेवा, आङ्खोपलगायतका गाविसमा वर्षासहित परेको असिनाका कारण हिउँदे बालीनालीमा क्षति पुगेको हो । असिनाका कारण गहुँ, जौ, मकै, आलु, अलैँचीलगायतका बालीनालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् । मेहेले गाविसका कमल कडरियाका अनुसार शनिबार साँझ ती गाविसमा करिब दुई घन्टासम्म असिना परेको थियो । करिब एक फिटसम्म जम्ने गरी परेको असिना अहिले बिहानसम्म पनि रहेको बताइएको छ । असिनाले उम्रदै गरेको मकै, पसाउन लागेको गहँु, जौ, तोरीलगायतका बाली नष्ट गरेपछि ती क्षेत्रका किसान चिन्तित बनेका छन् । अन्य पूर्वका केही गाविसमा समेत सामान्य असिना परेको बताइएको छ । पाँचथरका सीमावर्ती गाविसमा समेत असिनाले बालीनालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप