शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दाताले दिन्छु भनेको रकम नदिँदा इलाममा ब्लड बैंक सञ्चालन भएन

आइतबार, २३ फागुन २०७२, ११ : २७
आइतबार, २३ फागुन २०७२

इलाम - इलाम सदरमुकाममा ब्लड बैंक सञ्चालनका लागि चन्दा दिन्छु भन्दै खातामा नाम टिपाउनेले नै अझैसम्म रकम दिएका छैनन् ।

उसबेला रकम दिन्छु भन्दै होडबाजी चल्यो तर पाँच वर्ष बितिसक्दा पनि चन्दा दिने सुरसार छैन, नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका लेखापाल वसन्त तिम्सिनाले भने – “चन्दादाताले नै स्वयम् दिन्छु भन्दै होडबाजी गरे, अहिलेसम्म दिने कुनै अत्तोपत्तो छैन, रकम नहुँदा सञ्चालन नै अनिश्चित बनेको छ ।” रेडक्रसका अनुसार चन्दादाताले दिनुपर्ने रु सात लाख बढी रकम अझै उठेको छैन ।

तिम्सिनाका अनुसार जिल्लाकै नाम चलेका व्यापारी र समाजसेवीले पाँच वर्षअघि लेखाएको चन्दा दिएका छैनन् । पटक पटक सम्झाउँदा पनि बेवास्ता गरेपछि अन्तिम पटक चन्दादातालाई स्मरणपत्र पठाउने तयारी गरेको उनले बताए ।

शाखाले रु २८ लाख २६ हजारको लागतमा अत्याधुनिक भवन निर्माण सम्पन्न गरेको थियो । रकम अभावका कारण सामग्री खरिदमा समस्या झेलेको शाखाले जर्मन दूतावासको रु १४ लाख १८ हजार अनुदानमा युरोपियन मापदण्डको सामग्री खरिद गरिसकेको छ । रेडक्रस लक्जेम्बरले रु १० लाख ५० हजार र शाखाले करिब रु १३ लाख खर्च गरेर सामग्री जुटाएको छ ।

सामान इलाम ल्याएर जडान गर्न बाँकी छ । चन्दादाताले रु पाँच हजार ५०० देखि रु २५ हजारसम्म चन्दा दिने घोषणा गरेका थिए ।

चन्दा रकम सङ्कलन भए ब्लड बैंक सञ्चालनका लागि स्थापना गरेको अक्षयकोषमा राखेर कर्मचारी पाल्ने र अन्य खर्च पु¥याउने योजना बनाएको तिम्सिनाले बताए । सो कोषमा अहिले रु छ लाख जम्मा भएको छ । लेखापढी व्यवसायी सङ्घले प्रत्येक वर्ष रु ५० हजार सहयोग गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप