पूर्व उपकुलपति शर्माको निधन
आइतबार, २३ फागुन २०७२, ११ : ३७
काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा माधवप्रसाद शर्माको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।
निमोनियाका कारण काठमाडौँ मोडल अस्पतालमा उपचाररत उहाँको बिहान निधन भएको हो । शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।
गत साता कञ्चनपुरमा भएको नेपाल बुद्धिजीवी परिषद्को नवौँ महाधिवेशनमा सहभागी शर्मालाई अस्वस्थ भएपछि काठमाडौँ ल्याइएको थियो ।
विसं १९९८ मा धनकुटाको लेगुवा–१ मा जन्मनुभएका शर्मा सो परिषद्को सल्लाहकार परिषद्को पूर्व सभापति रहेका थियो । उनका श्रीमती र दुई छोरी छन् ।
उनलाई श्रद्धाञ्जलि दिन पूर्व प्रधानमन्त्री तथा नेकपा ९एमाले०का नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, शान्तिमन्त्री एकनाथ ढकाल, पूर्व उपकुलपति डा हीराबहादुर महर्जनलगायत आर्यघाट पुगेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण