शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एक प्लेट मोःमो विवादमा तेक्वान्दो खेलाडीको हत्या

आइतबार, २३ फागुन २०७२, १४ : ५३
आइतबार, २३ फागुन २०७२
नयाँ दिल्ली – एक प्लेट मोःमो को विषयमा विवाद हुँदा एक १९ वर्षीय तेक्वान्दो खेलाडीको हत्या भएको छ । भारतको नयाँ दिल्लीमा भएको घटनामा ती खेलाडीको टाउको सिसाको बोतलले प्रहार गरी, सिसाको टुक्राले घाँटी रेटेर हत्या गरिएको हो । दिल्लीको रोहिनी क्षेत्रमा गत बिहिबार राती उक्त घटना भएको खुलासा भएको छ । प्रहरीका अनुसार अरुन नाम गरेका ती खेलाडी आफ्नो साथी रंजितसँग चिनेजानेको पसलमा खाजा खान गएका थिए । पसलका मालिकसँग उनीहरुको राम्रो चिनजान पनि थियो । तर, एक प्लेट मोःमो को पैसा तिर्ने विषयमा विवाद भएपछि रेस्टुरेन्टका मालिकले अरुनमाथि हमला गरेका थिए । अरुनमाथि हमला गरेर रेस्टुरेन्टका मालिकले जयपुर गोल्डन अस्पताल नजिकै फालेका थिए । कसैले उसको अनुहार नचिनोस् भनेर अनुहार ढुंगाले किचेका थिए । अरुनको साथी रंजितले समेत रेस्टुरेन्टका मालिकलाई सघाएका थिए । पछि अरुनको हातमा भएको ट्याटुले उनको पहिचान गरिएको थियो । अरुनका परिवार प्रहरीसमक्ष पुगेपछि यस घटनाको खुलासा भएको थियो । उनीहरुले शनिबार बिहान प्रहरीमा उजुरी दर्ता गराएका थिए । शुरुमा अरुन साथीको घरमा सुत्नु गएको सोचे पनि पछि अरुनको फोन स्वीच अफ पाए पछि अत्तालिएका थिए । उनीहरुले नै अरुन रंजितसँग मोःमो खान जाने भनेर बाहिर निस्केको बयान दिएका थिए । अरुनको शव शुक्रबार नै फेला परेपनि उनको पहिचान हुन सकेको थिएन । रंजितलाई प्रहरीले पक्राउ गरेको छ भने रेस्टुरेन्टका मालिक फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप