आइपीएलको पहिलो खेलमा नयाँ टोली पुणे विजयी
मुम्बई — आइपीएलको सिजन ९ को पहिलो खेलमा नयाँ टोली राइजिङ पुणे सुपरजाइन्ट विजयी बनेको छ । मुम्बाई इन्डियन्सलाई ९ विकेटले पराजित गर्दै पुणले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
पहिलो ब्याटिङ गर्दै मुम्बाईले प्रस्तुत गरेको १ सय २२ रनको लक्ष्य पुणले मात्र एक विकेटको क्षतिमा ३२ बल बाँकी छँदै पछ्याएको थियो । पुणेलाई जित दिलाउन म्यान अफ द म्याच घोषित अजिंका रहाणेले ६६ रन बनाए । यसक्रममा उनले ७ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै फाप डुप्लेसिसले ३४ तथा केभिन पिटरसनले २१ रन बनाए । मुम्बाईका लागि एक मात्र विकेट हरभजन सिंहले लिए । यसअघि सिंहले नै ४५ रन बनाउँदै मुम्बाईलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए । ५१ रनमा ६ विकेट गुमाएको मुम्बाईका लागि सिंहले नटआउट रहँदै ३० बलमा ७ चौका र एक छक्का प्रहार गर्दै सो रन बनाए । त्यस्तै अम्बति रायडुले २२ तथा विनय कुमारले १२ रनको योगदान दिए पनि अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । निर्धारित २० ओभरमा मुम्बाईले ८ विकेट गुमाउँदै १ सय २१ रन बनायो । पुणेका लागि मिचेल मार्स र इसान्त शर्माले २—२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण