बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मजदूर दिवसको अवसरमा भव्य कार्यक्रमको तयारी

शनिबार, १८ वैशाख २०७३, १५ : ५९
शनिबार, १८ वैशाख २०७३

काठमाडौं–१२७ औं अन्तराष्ट्रिय मजदुर दिवस आइतबार विभिन्न कार्यक्रम गरि मनाइँदैछ । यसै सन्दर्भमा   राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासंघ–स्वतन्त्रले राजधानीमा एक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

राजधानीको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजना हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघका अध्यक्ष नवराज दाहालले रातोपाटीलाई जानकारी दिए । । ‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ, हामी कार्यक्रमलाई भव्य बनाउन जुटिरहेका छौं’, दाहालले भने ।

उनका अनुसार कार्यक्रममा वाणिज्य मन्त्री जयन्त चन्द, आपूर्तिमन्त्री दीपक बोहरा, पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, राप्रपा नेता सुनिल बहादुर थापा, वरिष्ठ राजनीतिज्ञ केशरबहादुर विष्टलगायतको सहभागिता रहनेछ ।

कार्यक्रम सुरु हुनु अघि महासंघको कार्यालयबाट र्याली निकालिने छ भने सो र्याली सहरका विभिन्न भागको परिक्रमा पछि कार्यक्रमस्थलमा पुगेर सभामा परिणत हुने छ ।

सो अवसरमा महासंघले पत्रकारिता क्षेत्रमा निरन्तर क्रियासिल रहि श्रमिकहरुको हक हित र अधिकार एबम् श्रम क्षेत्रको विकासका लागि योगदान पुर्याउने छापा, टेलिभिजन र अनलाइनका दुई–दुई जना गरि ६ पत्रकारलाई ‘श्रमजीवि पत्रकार सम्मान २०७३’ समेत प्रदान गर्न लागिएको दाहालले जानकारी दिए । अनलाइनतर्फ राजकुमार सिग्देल (रातोपाटी), विमल योगी (दैनिक नेपाल), टेलिभिजनतर्फ बुद्धिप्रसाद शर्मा (न्युज २४), जीवराम भण्डारी (सगरमाथा), छापातर्फ मणि दाहाल(नागरिक) र किरण भट्टराई (रासस) लाई सम्मान गर्न लागिएको महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप