बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

खुल्ला सीमा अपराध नियन्त्रणको मूख्य बाधक

शनिबार, १८ वैशाख २०७३, १७ : १६
शनिबार, १८ वैशाख २०७३

भैरहवा– नेपाल भारतको खुल्ला सीमा दुवै देशको अपराध नियन्त्रणमा मूख्य बाधक भएको भैरहवामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । भैरहवामा आयोजित लागु औषध दुव्र्यसन तथा महिला हिंसा बिरुद्ध जनसहभागीता अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक बिज्ञान राज शर्माले दुई देशको खुल्ला सीमाका कारण लागु औषध तथा चेलीबेटी बेचबिखन नियन्त्रणमा कठिनाई आएको बताए । लागु औषध तथा महिला हिंसा न्यूनिकरणको लागी केन्द्र देखी नै पहल गर्ने उनले आश्वसन पनि दिए । अपराध अनुसन्धान बिभाग प्रमुख समेत रहेका एआईजी बिज्ञानराज शर्माले प्रहरी भित्र पनि गलत प्रवित्रिका ब्यक्ति रहेको हुदा प्रहरी संगठनमा रहि अपराध गर्नेलाई अझै बढी कार्यवाही गरिने बताए । उनले २०४६ सालपछि नै प्रहरीले आफुलाई परिवर्तन गर्नेमा १ नम्बरमा उभ्याएको बताए । मुस्कान सहितको प्रहरी सेवा, नागरिक सहायता कक्ष, महिला तथा बालबालिका सेल लगायतका सुविधा दिई सेवाग्राही र प्रहरी बिचको दुरी घटाउने प्रयास गरिएको उनको भनाई थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा अञ्चल प्रहरी कार्यालयको संयुक्त समन्वयमा युके एआईडी र सर्च फर कमन ग्राउण्डले संयुक्त रुपमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्खै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले लागु औषध दुब्र्यसनी तथा महिला हिंसा रोक्न मूख्यतया सचेतनामै जोड दिन आग्रह गरे । ढकालले रुपन्देहीमा लागु औषध दुब्र्यसनको अवश्था भयावह रहेको टिप्पणी गर्दै यसलाई रोकथाम गर्न खुल्ला सीमाना मूख्य चुनौतीको रुपमा रहेका बताए । नेपालमा प्रतिबन्धित तथा लागु औषधको रुपमा पहिचान गरिएका कतिपय औषधीहरु सीमावर्ती बजारहरुमा बैध रुपमै खुल्ला रुपमा बिक्रि हुने गरेको र नेपाली युवा युवतीहरु पारी गई सोझै प्रयोग गर्ने गरेको कारण समस्या आएको वक्ताहरुले बताए । सीमावर्ती जिल्लाहरुमा लागु औषध दुब्र्यसन तथा महिला हिंसा सम्बन्धि घटना न्यूनिकरण गर्न युके एआईडी र सर्च फर कमन ग्राउण्डको सहयोग र प्रहरीको समन्वयमा बिभिन्न सचेतनामूलक कार्यक्रम गरिने सर्च फर कमन ग्राउण्डका जिवन्त वाग्लेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप