बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

स्थानीय निकायको निर्वाचनलाई प्राथमिकतामा राखिनुपर्ने

शनिबार, १८ वैशाख २०७३, १८ : २९
शनिबार, १८ वैशाख २०७३

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सरकारले नीति तथा कार्यक्रम घोषणा गर्दा स्थानीय निकायको निर्वाचनलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार भूकम्प प्रभावित क्षेत्रमा भूकम्प पुनःनिर्माणमा खटिएका प्रतिनिधिसँग समन्वय गर्न आफ्ना पार्टीका कार्यकर्तालाई सहयोग गर्न पनिआग्रह गरिएको छ । पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा बसेको बैठकले राप्रपासँग एकताका लागि अझ सक्रियताका साथ काम अगाडि बढाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप