गत बर्षका पीडाबाट शिक्षा लिनुपर्ने : मन्त्री राई
काठमाडौं– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आर्थिक समृद्धिबाट मात्र मुलुकमा आमूल परिवर्तन हुने बताउदै गतबर्ष देशले धेरै पीडा व्यहोेर्नुपरेपनि यसले हाम्रो आँखा खोलीदिएकोले सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले सम्बद्ध भोजपुर–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको नवबर्षको शुभकामना आदान–प्रदान तथा बर्ष २०७३ को क्यालेण्डर विमोचन कार्यक्रममा उहाँले नयाँबर्ष सुखद बर्ष हुनेछ भन्ने मान्न सकिने तर देशलाई आर्थिकरुपमा समृद्ध पार्न समाजका सबै वर्ग र समुदायसहित राजनीतिक दल एकताबद्ध भई लाग्नुपर्ने बताए ।
देशमा लामो राजनीतिक द्वन्द्व र अस्थिरताको अवस्था समाप्त भइसकेको र जनताको चाहनाअनुरुप शान्ति र आर्थिक विकासलाई मूर्तरुप दिन देश नयाँ तथा ऐतिहासिक युगमा प्रवेश गरिसकेको बताए । मन्त्री राईले देशले गत वर्ष दुई ठूला चुनौती भूकम्प र नाकाबन्दी व्यहोरिसकेको स्मरण गर्दै उनले सो बर्ष जनताले धेरै पीडा व्यहोर्नु परेपनि सो बर्षमा संविधान पाउनु र राष्ट्रि«यता मजबूत हुनु सकारात्मक पक्षको रुपमा लिनु पर्ने बताए । उनले देशले नाकाबन्दीको सामना गर्नु परेपनि नेपाली जनताले संविधानको जगलाई अलिकति पनि हल्लिन दिएका छैनन् भने ।
नेकपा एमालेको केन्द्रीय कमिटिमा छलफल हुँदै नभएका कुरा पनि सञ्चारमाध्यममा अतिरञ्जितरुपमा आएको र पार्टीमा विवाद भएको भनिएको तर वास्तविता त्यस्तो नभई पार्टी एक ढिक्का भएको उनको भनाइ थियो ।
पूर्व सांसद तथा राष्ट्रपतिका अर्थ विज्ञ धनहर्क राईले सरकारले अब ल्याउने बजेट प्रगतिशील हुने बताउँदै देशमा राष्ट्रिय उत्पादन र आयमा गिरावट आइरहेको अहिलेको समयमा सो बजेट महत्वपूर्ण हुने बताए ।
सम्पर्क मन्चका अध्यक्ष रेजिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य घनेन्द्र बस्नेत, सांसद जयन्ती राई, केन्द्रीय लेखा आयोग सदस्य खम्व खत्री, मञ्चका पूर्व अध्यक्ष शेरबहादुर श्रेष्ठ, मञ्चका उपाध्यक्ष शारदा घले, नेकपा एमाले भोजपुरका उपाध्यक्ष देवीराम चौलागाईलगायत वक्ताले देशको बर्तमान अवस्था र नेकपा एमालेको भूमिकामाथि चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
-
त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
-
भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोडभन्दा बढी जरिवाना
-
के तेस्रो स्थानका लागि हुने खेलको गोल गोल्डेन बुटको दौडमा गणना हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण