बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

गोरखाको सौरपानीमा आगलागी नियन्त्रणमा नआउँदा भूकम्पपीडितका टहरा जले

शनिबार, १८ वैशाख २०७३, १९ : ३०
शनिबार, १८ वैशाख २०७३

गोरखा– जङ्गलबाट फैलिएको डढेलो बस्ती पसेपछि गोरखाको सौरपानी गाविस–२ भैलाम गाउँका पाँचवटा घर जलेर नष्ट भएका छन् ।

सोलिघोप्टेको खर्क सामुदायिक वनमा दिनभर लागेको आगो आज अपराह्न बस्ती पुगेपछि भूकम्पपीडितका पाँचवटा टहरा जलेको छ । अरु पाँचवटा टहरोमा पनि आगोले सामान्य क्षति पुगेको छ ।

स्थानीयवासी र प्रहरी मिलेर आगो निभाउने काम भएको भइरहेको बताउँदै स्थानीय लक्ष्मण न्यौपानेले टेलिफोनमा भने– “आगोले घर खरानी बनायो ।” हरिया स्याउला र माटोले आगो निभाउने प्रयास गरे पनि नसकिएको उनको भनाइ छ । गाउँमा पानी अभाव भएकाले पनि तत्कालै आगो नियन्त्रणमा लिन नसकिएको हो ।

घर, गोठ जल्न सुरु भएपछि मानिस र घरपालुवा पशुपक्षीलाई सुरक्षित ठाउँमा सारिएको उनले बताए । “भूकम्पले भत्किएको घरलाई टालटुल गरेर टहरो बनाएका थियौँ” उनले भने – “गाउँलेको बिल्लीबाठ भयो । के खाने, के लगाउने रु” जङ्गलमा फैलिएको डढेलो बस्ती पसेको गाउँलेले ढिला गरी थाह पाएका थिए ।

आगलागीले जस्तापाताले छाएको टहरो खरानी बनाएको छ । भूकम्पले चर्केका घर मर्मत गरेर भूकम्पपीडित बस्दै आएका थिए । स्थानीयवासी मकै गोड्न बारीमा गएका बेला डढेलो बस्तीमा पसेकाले धेरै क्षति भएको हो । “आगो निभाउँदा तीन÷चारजना मान्छे सामान्य घाइते भए”, उनले भने – “धेरै क्षति हुन पाएन ।” भैलाम गाउँमा १० वटा घर थिए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले आगो निभाउन प्रहरी टोली परिचालन गरिएको बताए । “क्षतिको पूर्ण विवरण आइसकेको छैन” – उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप