खडेरीले ३८ सय ७६ हेक्टर जमिन बाँझो
सोमबार, २० वैशाख २०७३, १३ : १५
डोल्पा –कुल खेतीयोग्य जमिन ९ हजार ३ सय हेक्टरमा जम्मा ६ हजार ५ सय ६० हेक्टर जमिनमा मात्र खेती गरिने कृषि विकास कार्यलयको तथ्याङ्कमा छ र बाँकी जमिन सिँचाईको अभाबमा खाली रहने जिल्ला कृषि बिकास कार्यालय बताउँछ ।
यसबर्ष लामो समयदेखि परेको खडेरीले ३८ सय ७६ हेक्टर जमिन बाँझो रहेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।
यसमा बैशाख महिनाभित्र लगाउनुपर्ने मकै खेती गरिने २२ सय ५,चिनो २ सय ५०,कागुनो १ सय,आलु ९ सय ३२,कोदो ३ सय ९१ हेक्टर जमिन बाँजो रहेको वरिष्ठ कृषि बिकास अधिकृत भिम धरलाले जानकारी दिए ।
खडेरीकै कारणले ३ हजार ५ सय ९६ हेक्टमा लगाईएको गँहु,जौँ,उवामा झन्डै साठि प्रतिशतभन्दा धेरै सुकेर सखाप भएको धरलाले बताए ।
खडेरी नपरेको अवस्थामा डोल्पामा २ हजार १ सय एक मेट्रिक टन खाद्यान्नमा आवाश्यक पर्दछ,यस बर्ष खडेरीले थप ५ हजार ८ सय एक मेट्रिकटन अभाबहुने देखिएको कार्यलयले जनाएको छ ।
कुल खेती योग्य जमिनमा बर्षभारी सिंचाईहुने १५ सय ७५ हेक्टर जमिन र आशिंक सिंचाईहुने २ सय ६० हेक्टर जमिन गरेर जम्मा अठार सय चौँतिस हेक्ट्र जमिनमा सिंचाईको सुविधा उपलब्ध छ भने बाँकि ४७ सय २५ हेक्टर जमिन सिँचाईको सुबिधाबाट बञ्चित रहेको कार्यालयले जनाएको छ ।
यसबर्ष खडेरीले उपल्लो डोल्पाका छ गा बि स उच्चतम खाद्य असुरक्षाको जोखिममा र तल्लो डोल्पाका सत्र गा बि स मध्यम खाद्य असुरक्षाको जोखिममा रहेको कार्यलयले जनाएको छ । रामचन्द्र न्यौपाने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण