दश जिल्लामा काँग्रेसले अधिवेशन गर्न सकेन
काठमाडौँ - नेपाली काँग्रेसले केन्द्रीय अधिवेशनअघि नै सम्पन्न गरिसक्नुपर्ने १० जिल्लाको अधिवेशन मिति अझै टुङ्गो लाग्न सकेको छैन ।
केन्द्रीय महाधिवेशन सकिएको दुई महिना हुँदासमेत विविध कारण रोकिएको १० जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । जिल्लाको आन्तरिक विवाद, अधिवेशन गर्ने स्थान, भौगोलिक कठिनाइ, ढिला गरेर सुरु भएको गाउँ, नगर र क्षेत्रीय अधिवेशनलगायत कारण देखाउँदै सिन्धुपाल्चोक, सिराहा, धनुषा, डोल्पा, बझाङ, कञ्चनपुर, महोत्तरी, रसुवा हुम्लालगायत जिल्लाको अधिवेशन हुन बाँकी छ ।
सिन्धुपाल्चोकलगायत केही जिल्लामा अधिवेशन कहाँ गर्ने भन्ने ठाउँ विवाद, डोल्पा, बझाङमा भौगोलिक कठिनाइ तथा धनुषा, सिरहा र सप्तरीमा तराई÷मधेसमा चलेको आन्दोलनलगायत कारणले समयमै अधिवेशन हुन नसकेको बताउँदै केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले भने – “अब एक दुई दिनभित्रै समितिको बैठक बसी निर्वाचनको टुङ्गो लगाइने छ ।”
जिल्ला अधिवेशनपछि काँग्रेसमा केन्द्रीय महाधिवेशन हुने व्यवस्था छ । दश जिल्लामा अधिवेशन हुन नसके पनि केन्द्रीय निर्वाचन समितिले केन्द्रीय महाधिवेशन गराएको थियो ।
काँग्रेस विधानअनुसार सबै तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिले पार्टीको निकाय तथा शुभेच्छुक संस्थाहरूबाट आवश्यक सहयोग पाउनुपर्ने उल्लेख भए पनि कतिपय जिल्लामा तोकिने जिल्ला निर्वाचन अधिकृत र जिल्ला नेतृत्वबीच कुरा नमिल्दा अधिवेशन सम्पन्न हुन नसकेको हो ।
क्षेत्रीय अधिवेशन भने २४० निर्वाचन क्षेत्रमध्ये २३९ मा सम्पन्न भइसकेको छ । पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीका अनुसार धनुषा क्षेत्र नं ५ को क्षेत्रीय अधिवेशन गर्न बाँकी छ ।
फागुन अन्तिम साता १३औँ महाधिवेशनको परिणाम आएपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठकसमेत बसिसकेको छ । उक्त बैठकले सातजना केन्द्रीय सदस्य मनोनीत गरी भ्रातृसंस्थाका अधिवेशनको विषयमा समेत छलफल अघि बढाए पनि १० जिल्लाको अधिवेशनबारे छलफल गरेन ।
अधिवेशन नहुँदा ती जिल्लामा पार्टी गतिविधि र सङ्गठनलगायतका कामसमेत प्रभावित हुँदै आएका छन् ।
अधिवेशन गर्ने सम्पूर्ण जिम्मेवारी निर्वाचन समितिको भएको बताउँदै पार्टी मुख्य सचिव ऋषिकेश तिवारीले भने – “निर्वाचन समितिले अधिवेशनको मिति तोकेपछि पार्टीका तर्फबाट आवश्यक सहयोग मात्रै उपलब्ध गराइने छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण