पत्रकार महासङ्घमा १० प्रादेशिक संरचनाको प्रस्ताव
चितवन– नेपाल पत्रकार महासङ्घको मङ्गलबारदेखि पूर्वी चितवनको रत्ननगरमा सुरु हुने विधानसभा अर्थात् साधारणसभामा महासङ्घका १० प्रादेशिक संरचनाको प्रस्ताव गरिने भएको छ । सो अनुसार सात प्रदेश तथा एक एक उपत्यका, एसोसिएट र प्रतिष्ठान प्रदेशमा पदाधिकारी तथा सदस्य रहनेछन् ।
महासङ्घका एक हजार ६५१ पार्षद र अतिथि साधारणसभामा सहभागी हुँदैछन् । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टका अनुसार साधारणसभामा महासङ्घलाई सङ्घीय ढाँचामा लैजाँदै अझ बढी समावेशी, श्रममैत्री हुने गरी सङ्गठनको पुनःसंरचनासहितको विधान संशोधन प्रस्ताव पेस गरिने तयारी छ । पेसागत र श्रमजीवी पत्रकारको पेसागत तथा भौतिक सुरक्षासम्बन्धी विशेष प्रस्तावमाथि समेत साधारणसभामा छलफल गरिने छ ।
नयाँ विधानको प्रस्ताव गर्न लागिएको मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको सङ्गठन संरचना प्रस्ताव गरिनेछ । हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा छन् । देशभरका पत्रकारको सङ्ख्या १० हजारभन्दा माथि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण