बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नेपाल टेलिकमको नाफा साढे १४ अर्ब, ५० प्रतिशत नगद लाभांश वितरण गरिने

सोमबार, २० वैशाख २०७३, १८ : ३२
सोमबार, २० वैशाख २०७३

काठमाडौं – नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न उक्त साधारण सभाले शेयरधनीहरुलाई आ. व. २०७१/७२ को आयकर पछिको रु. १४ अर्ब ५५ करोड ६३ लाख मुनाफा रकम मध्येबाट चुक्ता पुँजीको ५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने लगायतका विभिन्न प्रस्ताव पारित गरेको छ । उक्त लाभांश रकम मिति २०७३ साल वैशाख २१ गते देखि शेयरधनीहरुलाई वितरण गरिने भएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७१/७२ को लागि अध्यक्ष एवं सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको थियो । साधारण सभाले आ. व. २०७२/७३ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट श्री नरेन्द्र भट्टराईलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

त्यसैगरी उक्त साधारण सभाले कम्पनीको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी शर्तहरु नेपाल सरकार, मन्त्रीपरिषदबाट स्वीकृत निर्देशिकामा उल्लेख गरे बमोजिम हुने व्यवस्थालाई समेत पारित गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले साधारण सभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको आठौं वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप