बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्लोबल आईएमई र साउदीको अलनिमा बैंकवीच रेमिट्यान्स कारोवार सुरु

शुक्रबार, २४ वैशाख २०७३, १७ : ३८
शुक्रबार, २४ वैशाख २०७३

काठमाडौं – साउदी अरेवियाबाट नेपाल भित्रिने रेमिट्यान्स कारोबार सहज होस भन्ने उद्धेश्यले ग्लोबल आइएमई बैंकले साउदी अरेवियाको अलनिमाको इरसल मनि ट्रान्सफर सेवासंग मिलेर नेपालमा रेमिट्यान्य पठाउन सुरु गरेको छ । यो सेवा सुरु भएसंगै अबसाउदी अरेवियामा रहेका नेपालीहरुले अलनिमा बैंकको इरसल मनि ट्रान्सफर सेवाका ५० वटा एजेन्टहरु मार्फत नेपालमा आफ्ना आफन्तलाई सजिल्यैसंग पैसा पठाउन सक्नेछन् । यसरी पठाएको पैसा देशभर रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु र एस रेमिटका एजेन्टहरु मार्फतबाट तुरुन्त भुक्तानी गर्न सकिने छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, भारत, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीयाल लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरुसंगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप