‘पेट्रोलियम कानुन’ चाँडो ल्याइने
काठमाडौँ–सरकारले पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित बनाउन ‘पेट्रोलियम कानुन’ ल्याउने तयारी गरेको छ ।
नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको आज यहाँ सुरु भएको अधिवेशनमा आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले पेट्रोलियम पदार्थमा हुने चुहावट रोक्न र ग्यासको कारोबार व्यवस्थित बनाउन उक्त ऐनको खाँचो औँल्याए ।
उनका अनुसारपेट्रोलियम पदार्थको भण्डारण क्षमता वृद्धि गर्न गृहकार्य सुरु भइसकेको छ । त्यो काम सम्पन्न भएपछि एक लाख ५९ हजार किलि भण्डारण वृद्धि हुने जानकारी दिँदै उनले ग्यासको समेत भण्डारण बढाउनका लागि गृहकार्य गरिने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले निजी क्षेत्रका व्यवसायीको लगानी स तथा व्यवसायलाई संरक्षण गर्न सकेमा त्यसको सकारात्मक असर समग्र मुलुकको अर्थतन्त्रमा देखापर्ने विचार व्यक्त गरे ।
एसोसिएसनका उपाध्यक्ष नवीनचन्द्र श्रेष्ठले व्यवसायमा हुने गरेका कालोबजारी नियन्त्रणका लागि सरकारलाई आफ्नो संस्थाले सहयोग गर्ने बताए । शनिबारसम्म चल्ने उक्त अधिवेशनमा देशभरबाट करिब ४०० प्रतिनिधि सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण