पुँजीगत लाभकर तिर्न आग्रह गर्दै क्रान्तिकारीको प्रदर्शन
काठमाडौँ– एकीकृत नेकपा माओवादीको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले राज्यको कानुनअनुसार कर तिर्न आग्रह गर्दै ऐनको व्यावसायिक कारोबारको कार्यालय बानेश्वरमा प्रदर्शन गरेको छ ।
राज्यको नियम तथा कानुनभित्र रहेर मात्रै कारोबार गर्नुपर्ने भए पनि एनसेलले नेपालको कुनै पनि विधि र कानुनलाई नमानेकाले आफूहरुले बाध्य भएर विरोध गर्नुपरेको क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले जानकारी दिए । प्रदर्शनको क्रममा क्रान्तिकारीले एनसेलको सीमकार्ड समेत जलाएको थियो ।
व्यापारिक कारोबार गर्दा त्यसबाट उत्पन्न हुने लाभमा कर लाग्दैन भन्दै एनसेलले गरेको दाबी तर्क सङ्गत नरहेको र नेपालको कानुनको बर्खीलापको कदम भएको भन्दै आफूहरुले रु ३३ अर्ब कर तिरेर मात्रै व्यवसाय सञ्चालन गर्न आग्रह गरेको अध्यक्ष मल्लको भनाइ छ ।
नियमअनुसार कर नतिरे देशव्यापी रुपमा एनसेल बहिस्कार अभियान नै सञ्चालन गर्ने क्रान्तिकारीका प्रदेश नं ३ का संयोजक विजय गौतमले राससलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण