बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिस्टर ग्लोबलको टप १० मा दिक्पाल, छैटौं स्थान कब्जा

शनिबार, २५ वैशाख २०७३, ०७ : ५३
शनिबार, २५ वैशाख २०७३

काठमाडौं–अन्तर्रास्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता मिस्टर ग्लोबल २०१६ु मा नेपालबाट प्रतिनिधित्व गर्ने चर्चितमोडल तथा नायक दिक्पाल कार्की टप टेनमा पुग्न सफल भएका छन् ।

दिक्पाल टप टेनको छैटौं नम्बरमा रहेका छन् । उनी अहिले मिस्टर ग्लोबल २०१६ को फाइनल अडिसनका लागि थाइल्याण्डमा छन् । उनले थाइल्याण्डबाट हामीसँगको कुराकानीको क्रममा आफु टप टेनमा पुग्दा अत्यन्तैं खुसी लागेको बताए ।

२५ वर्षीय ६ फीट अग्ला दिक्पाल यस प्रतियोगितामा थाइल्यान्ड, अमेरिका, कोरिया, चिन, अर्जेन्टिना, ब्राजिल, क्यानाडा, भारत आदि जस्ता देशका प्रतियोगीहरुसँग भिड्दै छन् । दिक्पाल मिस्टर काठमाडौँ २००९ को बिजेता समेत हुन् ।

यो प्रतियोगिता थाइल्यान्डको अप्रिल २७ देखि मे ८ सम्म हुनेछ । नायक दिक्पालले यसअघि रंग बैजनी र च्याम्पियन चलचित्रमा अभिनय गरेका थिए भने सयभन्दा बढि म्यूजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप