अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो
चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै शुक्रबार साँझ अबेरबाट पहिरो र गाडी बिगँ्रदा अवरुद्ध बनेको सडक अहिले बिहान ६ बजेबाट दुईतर्फी सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार साँझ परेको पानीका कारण खहरे र कालीखोलाको बीच भागमा पहिरो खसेपछि राति ११ः५५ बजे सडक एकतर्फी खुलाइएको थियो । पुनः ढुङ्गा खसेपछि सडक आवागमन पूरै अवरुद्ध बनेकोमा केहीबेरको प्रयासपछि राति नै सडक खुलाइएको भए पनि बीच सडकमा गाडी बिग्रिएपछि सवारी आवागमन प्रभावित भएको थियो । बिग्रिएको गाडी हटाएपछि अहिले बिहानबाट सडक दुईततर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
साँझबाटै सडक अवरुद्ध बनेपछि छ किलोमिटरभन्दा लामो सवारीसाधनको दुईतर्फी लाम लागेको थियो । सडक बिग्रिएको क्षेत्र मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ ।
पछिल्लो समय सो सडक तीव्र गतिमा विस्तार कार्य भइरहेकाले पटकपटक सडक अवरुद्ध हुने गरेको छ । बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकेर काम हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण