तानसेनमा खानेपानी अभाव
पाल्पा– खडेरीले पानीको मुहान सुक्दा जिल्ला सदरमुकाम तानसेनमा दैनिक २० लाख लिटर खानेपानी अभाव हुने गरेको छ ।
यहाँ दैनिक २५ लाख खानेपानीको आवश्यकता रहेकोमा पाँच लाख लिटर खानेपानी मात्र आपूर्ति हुँदा उपभोक्ताले चर्को अभाव सहनु परेको हो ।
बर्सेनि तानसेनको जनसङ्ख्या बढ्नु, लामो खडेरीले पानीका मुहान सुकेपछि तानसेन खानेपानी उपभोक्ता समितिलाई खानेपानीको प्रबन्ध गर्न कठिनाइ भएको हो ।
तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोमान शाक्यले पानीका मुहान सुकेर दैनिक ५/६ लाख लिटर खानेपानी मात्र वितरण गरिएको बताए ।
भुल्के, सिस्ने र होलाङ्दीबाट पानी तानसेन दुई हजार ७९४ धारामार्फत २७ हजार ७२६ जनाले खानेपानीको उपभोग गर्दै आएको उनले बताए । भुल्के १५ पम्प, सिस्नेमा पाँच, होलाङ्गदीमा दुई र तिनधारामा दुई पम्म सञ्चालनमा रहेकामा खडेरीले प्रत्येक मुहानबाट एकएक वटा मात्र पम्प सञ्चालन गर्नुपर्ने अवस्था आएको अध्यक्ष शाक्यले जानकारी दिए ।
बर्सेनि तानसेनमा गाउँबाट बसाइँसराइ गरी तानसेन आउने, सरकारी तथा गैरसकारी कार्यालय थपिँदै जाने र खानेपानी उपभोक्ता समितिले खानेपानीको आवश्यकताअनुसार खानेपानीको प्रबन्ध गर्न कठिनाई भएको छ ।
घरमा खानेपानीको धारो जडान गरे पनि ट्याङ्करको पानी किन्ने र मुहान खोजेर पानीको जोहो गर्नुपरेको यहाँका उपभोक्ताको गुनासो छ । “पानीको महसुल महिनाभरिको तिर्नु पर्छ, धारामा महिनामा ३÷४ पटक मात्र पानी आउँछ,” उपभोक्ता दुखेसो पोख्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण