पेस्तोलसहित चार पक्राउ
शनिबार, २५ वैशाख २०७३, ०९ : ४६
मोरङ– मोरङको विराटनगरबाट शुक्रबार राति एक थान पेस्तोलसहित चार जना पक्राउ परेका छन् ।
‘मेड इन युएसए’ लेखिएको पेस्तोल र सो पेस्तोलको म्याग्जिनसहित सर्लाही कविलाशी–८ का ३० वर्षीय मनिषकुमार यादव, विराटनगर–१३ का २९ वर्षीय वैभव अर्याल, विराटनगर–११ का २३ वर्षीय उत्सव रिजाल र सोही ठाउँ बस्ने ३३ वर्षीय सन्दीप प्याकुरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनीहरुलाई गोप्य सूचनाका आधारमा राति १० बजे विराटनगर– १० स्थित एक होटलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण