बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

हत्याका आरोपी १३ वर्षपछि पक्राउ

शनिबार, २५ वैशाख २०७३, १० : २६
शनिबार, २५ वैशाख २०७३

तनहुँ– हत्यामा संलग्न रही फरार हुँदै आएका तनहुँका एक व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् ।

जिल्लाको काँहुशिवपुर गाविस– १ बस्ने वर्ष ४७ का श्रीप्रसाद थापामगरलाई प्रहरीले शुक्रबार आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

विसं २०६० जेठ २१ गते साँझ सोही गाविस– १ निवासी वर्ष ४७ का डम्मरसिंह थापालाई श्रीप्रसादले कुटपिट गरी सख्त घाइते बनाएका थिए ।

कुटपिटबाट घाइते डम्बरसिंहको उपचारका क्रममा विसं २०६० जेठ २८ गते पोखरा अस्पतालमा मृत्यु भएपछि श्रीप्रसाद मगर फरार थिए । कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा आव २०५९/०६० मा दर्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप