लागूऔषध ओसारपसारको जालोमा चितवन
भरतपुर–चितवनमा लागूऔषध ओसारपसारका घटनाहरुमा कमी आउन सकेको छैन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्यांक हेर्दा चालु आर्थिक वर्षमा ५५ वटा लागूऔषध सम्बन्धि मुद्दा दर्ता भएका छन् । महिनामा ३ देखि ९ वटासम्म लागूऔषध ओसारपसारका घटनाका आरोपी पक्राउ पर्ने गरेका छन् । यो वर्ष लागूऔषध ओसारपसारमा संलग्न ९५ जनामध्ये ९४ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७१/७२ मा ५८ वटा घटना दर्ता भएका थिए । १ सय ३ जना अभियुक्तमध्ये ९६ जना पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७०/७१ मा ६४ वटा घटना भएका छन् । १ सय ३४ जना अभियुक्तमध्ये १ सय १४ जना पक्राउ परेको प्रहरी स्रोतले बताएको छ । घटनाको दर तीन वर्ष यता समान छ । विगतमा ओसारपसारमा संलग्नमध्ये सबै पक्राउ गर्न प्रहरी चुकेको थियो । तर यो वर्ष घटनामा संलग्न प्राय सबै पक्राउ गरि कारवाहि प्रक्रिया अघि बढाइएको छ । आर्थिक वर्ष ०६७/६८ मा चितवनमा लागूऔषधका ११ वटा मुद्धा मात्रै दर्ताहुदा २७ जना पक्राउ परेका थिए । आर्थिक वर्ष ०६८/६९ २४ वटा मुद्धा दर्ता भएकोमा ४७ जना, २०६९/७० मा ३८ वटा मुद्धा दर्ता हुदा ६४ जना पक्राउ परे । पक्राउ पर्नेमा धेरै अन्य जिल्लाका परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक बसन्तबहादुर कु“वरले चितवनको भूभाग हुँदै लागूऔषध ओसारपसार गर्ने क्रम बढ्न थालेको बताए । “भारतको त्रिवेणी नाका र रक्सौलबाट चितवन हुँदै लागूपदार्थ भित्र्याउने क्रम बढेको छ”, उनले भने, “घटना न्यूनीकरण गर्न प्रहरी सक्रियता बढाइएको छ ।” लागूपदार्थ ओसारपसारको केन्द्र बन्न थालेपछि प्रहरीले चेकजा“च तथा निगरानी बढाएको छ ।
गोन्द्राङ, पुल्चोक, बसपार्क क्षेत्र, नारायणी नदी किनार, क्यान्सर पछाडीको क्षेत्र लगायतका स्थानहरुमा प्रहरीले कडा निगरानी गरेको छ । जिल्लामै प्रयोग गर्नेहेतुले भन्दापनि अन्य जिल्लामा पु¥याउन ओसारपसार गर्ने क्रम बढेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्लामा करिव १ हजार ५ सय लागूऔषध प्रयोगकर्ता रहेको अनुमान छ । अभिभावकले बढी स्वतन्त्र छाड्ने, निगरानी नगर्ने, संगतको प्रभाव, आर्थिक प्रलोभन जस्ता कारणले यूवा समुह दुव्यर्सनमा पर्ने गरेको छ ।
डाइजोपाम, व्युप्रिनोर्फिन, फेनारगन, फेन्सिडिल नाइटोजेपाम, खैरो हेरोइन जस्ता लागूऔषध ओसारपसरामा संलग्न तथा प्रयोगकर्तालाई पक्रदै आइरहेको छ । शरीरका विभिन्न अंगमा लुकाएर ओसार्ने, सुटकेसभित्र लुकाउने, गाडीका सीटमा लुकाउदै भित्र्याउने क्रम बढ्न थालेको छ । मोटरसाइकलमा ओसार्ने खतरा बढेपछि नियमित चेकजाँच थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक दीपक श्रेष्ठले यूवाहरु लागूऔषध ओसारपसारमा बढी संलग्न पाइएकाले यूवाहरुलाई सचेत पार्ने काम सुरु भएको बताउँछन् । “स्कुलमै पुगेर विद्यार्थीलाई लागूऔषधका वेफाइदा र कानुनी सजायबारे जानकारि गराउन प्रशिक्षण दिइएको छ”, उनले भने, “यो वर्ष दुइ दर्जन स्कुलमा प्रहरीले सचेतना कार्यक्तम गरिसकेको छ, यो वर्ष अझै निरन्तरता दिनेछौं ।”
प्रहरी कार्यालय लागूऔषधको दुव्र्यसनमा परेकाहरुलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गर्दै परिवारको सम्पर्कमा पु¥याउने गर्दै आएको छ । पुनस्र्थापना केन्द्रमा समेत जान नखोज्ने, अपराधमा संलग्नलाई कानुनी व्यवस्था अनुसार सजाय दिदै आइरहेको छ । चितवनमा ७ वटा पुर्नस्थापना केन्द्रहरु छन् । लागूऔषध ओसारपसारको केन्द्रका रुपमा चितवन विकसित हुन थालेपछि अपराधको संख्या बढ्न सक्ने खतरा बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण