बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज सूर्यमा प्वाल परेको जस्तो देखिने

सोमबार, २७ वैशाख २०७३, १० : १२
सोमबार, २७ वैशाख २०७३

काठमाडौं–सोमबार एउटा रोचक खगोलीय घटना हुँदैछ । वुध-सूर्यगमन भनिने विरलैहुने खगोलीय घटना नेपाल लगायत एसियाका विभिन्न मुलुकहरुका साथसाथै युरोप, उत्तर अमेरिकालगायतका मुलुकबाट एकैसाथ देखिँदैछ ।

वुधसूर्यगमन अर्थात मर्करि ट्रान्जिट एउटा रोमान्चकारी तथा विरलैहुने घटना भएको बरिष्ठ खगोलविद् जयन्त आचार्यले बताए ।

उनका अनुसार सोमबार अपरान्ह सूर्यलाई नियालेर हेर्ने जो कोहीले पनि सूर्यमा प्वाल परेको जस्तो सजिलै देख्न सक्नेछन् ।

उनी भन्छन्, ‘जव वुध ग्रह आफ्नो बाटोमा हिड्दैगर्दा पृथ्वी र सूर्यको वीचमा आइपुग्छ तव कहिले काहि वुधसूर्यगमन हुने गर्दछ ।’

उनका अनुसार वुधसूर्यगमनको दृश्य नेपालीहरुले अपरान्ह ४ बजेर ४२ मिनेटदेखि देख्न सक्नेछन् । अर्थात् त्यस दिन काठमाण्डौमा चार बजेर पचपन्न मिनेट देखि सूर्यास्त अर्थात् छ बजेर ४२ मिनेटसम्म उक्त रोमान्चकारी दृश्य देखिने छ ।

आचार्यका अनुसार यो खगोलीय रोमान्चकारी घटना अष्टे«लीयाको सिडनी, जापान, इण्डोनेशिया, न्यूजिल्याण्डबाट भने देखिने छैन । नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान देखि पूर्वी यूरोप तथा अफ्रिकाका धेरैजसो मुलुकबाट सूर्यास्तहुनु भन्दा केही घण्टा अगाडि बाट यो घटना देख्न सकिने छ । वेलायत तथा उत्तर अमेरिकाबाट भने यो घटना स्पष्ट देखिने छ ।

सूर्य र पृथ्वीको वीचमा वुधग्रह आउँदा जव वुधग्रह सूर्यमा हिडेको जस्तो देखिन्छ यसैलाई वुधसूर्यगमन भन्ने गरिन्छ ।

२७ गते सूर्य जत्रो देखिन्छ त्यो भन्दा १५८ गुना सानो एउटा कालो टिका जस्तो सूर्य विम्बमा हिडेको देखिने छ । यो घटना एउटा अत्यन्त विरलै हुने खगोलीय घटना हो ।

नाङ्गो आँखाले हेर्न नहुने

आचार्य सधारण जनतालाई उक्त खगोलीय घटना नाङ्गो आँखाले कदापि हेर्न नहुने सुझाउँछन् । उनी भन्छन्, ‘विशेष किसिमको फिल्टरको माध्यमबाट मात्र हेर्नु पर्दछ । नाङ्गो आँखाले हेरे आँखा सदाको लागि विग्रिन पनि सक्दछ ।

विशेषज्ञको निगरानीमा टेलीस्कोपबाट वा सूर्यलाई परावर्तन गरी छायामा हेर्दा आँखा सुरक्षित हुन्छ अथवा सूर्यहेर्नका लागि भनेर बनाइएको बिशेष किसिमको चस्माको प्रयोग गरी यो घटना हेर्न सकिन्छ ।’ एक्स रे, वा सिसामा ध्वासो लगाइ वा अन्यकुनै किसिमबाट पनि यो घटना हेर्न नहुने उनको भनाई छ ।

काठमाण्डौमा उक्त घटना हेर्न चाहने विद्यार्थी, अनुसन्धाता तथा सर्वसाधरणको लागि तक्षशिला एकेडेमी सामाखुशीमा सुरक्षित किसिमबाट बुधसूर्य गमन हेर्ने व्यवस्था मिलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप