कसको माया जालमा परिन् सम्पदा ?
काठमाडौं–लोकदोहोरी तथा आधुनिक गायिका गीता भट्टराईले ‘माया जालमा परे’ बोलको नयाँ गीत सार्बजनिक गरेकी छिन् । तीन बर्ष अघि ‘जोवन ढल्कियो’ नामक एल्बम सार्बजनिक गरेकी गायिका भट्टराई पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा छिन् ।
उनले तीन बर्ष पछि नयाँ गीत केहि समय अघि मात्रै सार्बजनिक गरे पछि उनको चर्चा चुलिएको हो । उनले गत महिना मात्रै सार्बजनिक गरेको ‘भुल्नै गाह्रो भो’ बोलको आधुनिक गीतको म्युजिक भिडियो पछि अहिले उनले नयाँ लोकदोहोरी गीत सार्बजनिक गरेकी हुन् ।
हालै सार्बजनिक गीतमा गायिका भट्टराईलाई खुमन अधिकारीले गायनमा साथ दिएका छन् । बाबुराम बोहराको शब्द र खुमन अधिकारीको संगीत रहेको भिडियोलाई शंकर बिसिले निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोमा मोडल सम्पदा बाँनिया र बाबुराम बोहराले अभिनय गरेका छन् । भिडियोमा यि दुईले अनस्क्रिन रोमान्स समेत गरेका छन् ।
गायिका भट्टराई अहिले रिमिक्स शैलीको ‘परे ओ परे’, लोकपप शैलीको ‘युएस लण्डनमा’ र आधुनिक बिधाको ‘माया मारी चटक्कै’ बोलको गीतको रेकर्डिङ सकेर म्युजिक भिडियो निर्माणको तयारीमा रहेको गायिका भट्टराईले बताईन् । ब्यबसायका कारण गायनमा केहि समय ग्याप गरेको बताउदै अब निरन्तर रुपमा गायनमा सक्रिय हुने उनले दाबी गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण