बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय हित विपरित काम गरेकोले राजदुत उपाध्यायलाई फिर्ता बोलाईएको होः रावल

शनिबार, २५ वैशाख २०७३, १६ : २०
शनिबार, २५ वैशाख २०७३

काठमाडौ–उपप्रधान तथा रक्षा मन्त्री भीम रावलले राष्ट्रिय हित विपरित काम गरेकोले भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ राजदुत जस्तो ब्यक्तिले अर्को देशमा काम गर्दा आफ्नो देशको अनुहार हेरेर सरकारको नीति निर्देशन र कुटनीतिक मर्यादा कायम राख्न सक्नु पर्छ । परराष्ट्रमन्त्रालयलाई जानकारी नै नदिई कार्यक्षेत्र छाड्ने, तराई जस्तो आन्दोलन भईरहेको संबेदनशिल क्षेत्रमा अर्को देशका राजदुतसँग कार्यक्रममा संलग्न हुँदै हिड्ने र सरकार फेरबदलको प्रसंगमा उनको संलग्नताको कुरा आएको छ । यस्ता गंभिर विषयहरु आएपछि फिर्ता बोलाईएको हो ।’ रावलले राजदुतले के काम गर्ने भन्ने मान्यता र कुटनीतिक मर्यादा विपरित जान नहुने भन्दै यस्तो संबेदनशिल विषयमा राजदुतलाई फिर्ता बोलाउन स्पष्टीकरण लिनु पर्ने वा सोध्ने पर्ने आवश्यकता नभएको दावी गरे । सञ्चारकर्मीको जिज्ञासामा रावलले राजदुत फिर्ता भारतसँगको सम्बन्धमा फायर खोल्ने भन्दा त्यसलाई रोक्न भएको दावी गर्दै सरकारले भारतसँग सुमधुर सम्बन्ध राख्न चाहेकोले सम्बन्ध र समझदारीलाई अझै राम्रो र विकसित गर्न फिर्ता बोलाउनु परेको तर्क गरे ।

उनले राष्ट्रपतिको भ्रमण स्थगित हुनुको पछाडि राजदुत फिर्ता प्रकरणसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै मुलुक अप्ठ्यारोमा रहेको बेला सरकार प्रमुख र राष्ट्रप्रमुखको भ्रमण स्थगित गर्ने अन्तर्राष्ट्रिय प्रचलन नै भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप