बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वाग्मतीबाट बाह्र टन फोहर व्यवस्थापन

शनिबार, २५ वैशाख २०७३, १७ : २५
शनिबार, २५ वैशाख २०७३

काठमाडौँ– वाग्मती सफाइको १५६ औँ हप्तामा वाग्मती र मनोहरा नदी दोभान वरपर सफाइ गरी १२ टन फोहर व्यवस्थापन गरिएको छ ।

आजको सफाइमा कोटेश्वरवासी र उप्रेती समाजका सदस्यको उल्लेखनीय सहभागिता थियो । समाजका अध्यक्ष डा. रामप्रसाद उप्रेती र नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती लगायत उच्च पदमा रहेका उप्रेती बन्धुको पनि सफाइमा सक्रियता रहेको अभियानकर्मी डा राजु अधिकारीले राससलाई जानकारी दिए ।

सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जवान विज्ञान नेपाल, एस ट्राभल्स लगायत संस्थाले सफाइका लागि सहभागी उतारेका थिए । आजको सफाइमा कलाकारको पनि उल्लेखनीय उपस्थिति थियो ।

पूर्व मुख्यसचिव लीलामणि पौडेल, कलाकार सीताराम कट्टेल, जीवन विज्ञानका एलपी भानु शर्मा, योगाचार्य किशोरसिंह शाही लगायत पनि सहभागी थिए ।

अर्को साता १५७ औँ हप्ताको वाग्मती सफाइ शङ्खमूल पुलमुनि गरिने बताइएको छ । विसं २०७० जेठ ४ गतेदेखि निरन्तर वाग्मती सफाइ हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप