बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्रकमा कार ठोकिँदा एकको मृत्यु, तीन घाइते

शनिबार, २५ वैशाख २०७३, १७ : ३२
शनिबार, २५ वैशाख २०७३

कावासोती– पूर्व–पश्चिम राजमार्गको मध्यविन्दु जङ्गलमा रोकिराखेको ट्रकमा तीव्रगतिमा आइरहेको भारतीय कार ठोकिँदा एक जनाको मृत्यु भएको छ, भने तीनजना गम्भीर घाइते भएका छन् ।

नवलपरासीको मध्यविन्दु नगरपालिका–७ मा बिग्रिएर रोकिराखेको बा।१ क २०४६ नम्बरको ट्रकमा गएराति सुनौलीबाट काठमाडौँ तर्फ आइरहेको एम।एच।४७ एस।२४९३ नम्बरको भारतीय नम्बरको कार ठोकिँदा भारत महाराष्ट्र घर भएका अन्दाजी ३९ वर्षका अभयचन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरी कार चलाउदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले बताए । मादकपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको अनुसन्धानमा देखिएको छ उनले भने –‘ गाडीभित्र रक्सी र ड्राइ फुड समेत रहेको पाइएको प्रहरीले बताएकोछ ’ ।

दुर्घटनामा परी भारत मुम्बई घर भएका योगेश भट्ट, भारत लक्ष्मीपुरका दिलीप सोनी र जितेन्द्र पालसिंह घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेज सिएमसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि कार पूर्णरुपमा क्षति भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप