सुत्केरीको उपचारमा समस्या
बागलुङ–गए राति शिशु जन्माएकी दुदिलाभाटी–६ कि ३६ वर्षीया मेनुका नेपालीको साल अड्किएपछि उपचारमा समस्या भएको छ । परिवारको सहराराविहीन नेपालीको उपचारमा अर्थ अभाव भएको हो । हटिया स्वास्थ्यचौकीमा शिशु जन्मेलगत्तै लगातार रक्तस्राव भएपछि थप उपचारका लागि उनलाई अहिले सदरमुकाम ल्याइएको छ ।
हाल नरेठाँटीमा अर्कैको घरमा मजदुरी गरेर जीविका चलाउँदै आएकी नेपालीलाई छिमेकमा बस्ने महिलाले सदरमुकाम ल्याएका छन् । आधा साल अड्केको र रक्तस्राव पनि नरोकिएपछि थप उपचारका लागि सदरमुकाम ल्याइएको स्थानीयवासी अनिशा कुँवरले बताए ।
धवलागिरि अञ्चल अस्पतालले जटिल उपचार गर्नुपर्ने भएकाले पोखरा लैजान सुझाव दिए पनि अर्थ अभावका कारण लैजान नसकिएको उनले बताए । धवलागिरि अञ्चल अस्पतालका चिकित्सक सष्मिता मानन्धरले आधाभन्दा बढी साल भित्रै अड्केकाले शल्यक्रिया गरेर निकाल्नुपर्ने बताए । उनले अञ्चल अस्पतालमा तत्काल उपचार सम्भव नभएपछि पोखरा सिफारिस गर्नुपरेको प्रतिक्रिया दिए ।
‘रक्तस्राव त केही नियन्त्रणमा छ, साल पूरै निक्लेको छैन, हामीले कोसिस ग¥यौं तर सम्भव भएन’ चिकित्सक मानन्धरले भने । दक्ष चिकित्सक, उपकरण र सहयोगी समेत नहुँदा अञ्चल अस्पतालमा नेपालीको उपचार हुन नसकेको हो । बिरामी लिएर आएका छिमेकीले पोखरा लान नसकेपछि नेपालीलाई सदरमुकामस्थित निलगिरि अस्पतालमा लगेर उपचार गराइरहेका छन् ।
“अञ्चल अस्पतालबाट पोखरा जान भनिएको थियो, तर पोखरा जाने उपाय भएन” अर्की छिमेकी रत्ना भण्डारीले भने ‘अहिले यहीँ रहेको अर्को अस्पताल निलगिरिमा उपचार गराइरहेका छौँ ।’ उनले बिरामीसँग एक रुपैयाँ पनि पैसा नभएको र उपचारमा कठिनाइ उत्पन्न भएको बताए । भण्डारीको प्रयासमा सदरमुकाममा रहेका केही सङ्घसंस्था र व्यक्तिसँग अनुरोध गरेर रु पाँच हजार सङ्कलन भएको छ ।
“बिरामीको परिवार, आफन्त कोही छैनन्, बेसहारा महिलाको जीवन रक्षाको लागि सबैलाई सहयोग गर्न आग्रह गर्दर्छौं” भण्डारीले भने । पोखरा लैजानका लागि धवलागिरि अञ्चल अस्पतालले रु चार हजार सहयोग गरे पनि थप उपचारका लागि रकम नभएको उनको भनाइ छ ।
निलगिरि अस्पतालमा स्त्री तथा प्रसूति रोगविशेषज्ञ लक्ष्मी आचार्य गौतमले नेपालीको उपचार गरिरहनुभएको छ । अस्पतालले सहुलियत दरमा उपचार गर्ने आश्वासन दिएको भण्डारीले बताए । धवलागिरि अञ्चल अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी भएर चिकित्सक नहुँदा जटिल अवस्थाका बिरामीको उपचार हुन सकेको छैन ।
सरकारी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि बिरामीलाई जिल्लाकै अर्को अस्पतालमा उपचार गराउनुपर्ने अवस्था छ । नेपालीका दुई छोरा छन् । श्रीमान्ले कुनै रेखदेख र हेरचाह नगरेपछि मजदुरी गरेर नेपालीले छोरा पढाउँदै आउनुभएको छ । छिमेकीका अनुसार नेपालीका श्रीमान् घरमा समेत नबसी फिरन्ते रुपमा हिँड्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण