गहुँ उत्पादन ७० प्रतिशतले घट्यो
डडेल्धुरा– यस वर्ष जिल्लाका करिब एक दर्जनभन्दा बढी गाविसमा खाद्यान्नको अभाव हुने देखिएपछि उपभोक्ताले बजारबाट परिपूर्ति गरिरहेका छन् ।
आकाशे पानीको भरमाखेती गर्ने जिल्लाका करिब दर्जनबढी गाविसमा गहुँ लगाउनै नपाएको, लगाएको गहुँ पनि समयमा पानी नपर्दा नउम्रिएकाले खाद्याान्नको अभाव हुने भएको हो ।
पहाडी गाविस रुपाल, भागेश्वर, देवल दिव्यपुर, चिपुर, भद्रपुर, अजयमेरु, समैजी, वेलापुर, मणिलेक, कोटेली, नवदुर्गालगायतमा यो वर्ष गहँुको उत्पादनमा कमी आएपछि कृषक तथा अन्य मानिसहरुले परिवार पाल्नका लागि नजिकका पसलबाट गहुँ भित्र्याउने गरेका छन् । जिल्लाका अन्य गाविसका अधिकांश स्थानमा समेत किसानले लगाएको गहुँ बाली उम्रिएको नै थिएन । खेतबारीमा गहुँलगायत अन्य अन्नबाली नउम्रिदा खेतबारी बाँझै रहेको कृषकको भनाइ छ ।
खेतबारीमा लगाएको गहुँलगायत अन्य अन्नबाली नउम्रिएकाले यो वर्ष खाद्यान्नको अभाव हुने भन्दै स्थानीय कृषक परिवारले कर्जा लिएर भए पनि अन्न भण्डारण गरिरहेका छन् । खाद्यान्न सङ्कट हुनेभन्दै वर्ष दिनलाई पुग्ने गरी गहुँ खरिद गरेको कृषकले बताएका छन् । अभावलाई पूर्ति गर्न कृषकले नजिक तथा तराईका बजारवाट अन्न भित्र्याउने गरिरहेका छन् ।
एक क्विन्टल गहुँ खरिद गर्न रु तीन हजारदेखि तीन हजार ३०० सम्ममा नजिकका बजारबाट कृषक तथा अन्यले खरिद गरिरहेका छन् । समग्र रुपमा ४० प्रतिशतले गहुँ उत्पादनमा कमी आएको भए पनि सिञ्चित नभएको जमिनमा ७० प्रतिशतभन्दा बढीले गहुँ उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख दिनेशप्रसाद सापकोटाले बताए । यो वर्ष आफ्नो खेतमा गहुँ नआएपछि बजारबाट आठ क्विन्टल गहुँ भित्र्याएको समैजी–६ का सरेश भण्डारीले बताए ।
खाद्यान्न मात्रै नभई पशुपालन गर्न समेत सास्ती भएको कृषकको भनाइ छ । लामो समयको खडेरीका कारण जङ्गलमा घाँस नपाएका कारण पशुपालनका लागि समस्या हुन थालेको चिपुर का अगुवा कृषक दिनेश भाटले बताए । जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये ३७ प्रतिशत मात्रै सिञ्चित जमिन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण