राष्ट्रपतिले भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि व्यवस्थापिका–संसद्मा सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपति भण्डारीले आइतबार अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विसं २०७२ असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचित भएको सात महिनापछि सरकारको नीति तथा कार्यक्रम आउन लागेको हो ।
राष्ट्रपति भण्डारीले पहिलो पटक सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरी सम्बोधन गर्न लागेका हुन् । व्यवस्थापिका–संसद्बाट गत कात्तिकको पहिलो साता राष्ट्रपतिमा भण्डारी निर्वाचित भएका थिए ।
नीति तथा कार्यक्रममा अहिलेको सान्दर्भिक महत्वका विषय समावेश हुने उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले राससलाई जानकारी दिए ।
उनले संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचनको तयारी, विनाशकारी भूकम्पले पु¥याएको भौतिक क्षतिको पुनःनिर्माण, भूकम्पपीडित जनतालाई राहत, सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषय नीति तथा कार्यक्रममा समावेश हुने बताए ।
उपप्रधानमन्त्री रावलले आर्थिक समृद्धि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायिकरण, स्थास्थ्य सेवा सुदृढीकरण, भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षा, कूटनीतिक सम्बन्ध सुदृढीकरणजस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा सम्बोधन हुने जानकारी दिए ।
सरकारको नीति तथा कार्यक्रमलाई शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण