लोकतन्त्रको स्थापना र पुनःस्थापनाका सहभागीलाई खोजीखोजी सम्मान गरिने
काठमाडौँ– लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि आन्दोलनमा सहभागी भई योगदान गर्नेलाई बिपी चिन्तन प्रतिष्ठानले खोजीखोजी सम्मान गर्ने भएको छ ।
दोस्रो राष्ट्रिय सम्मेलन समापनका अवसरमा आज १५ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै प्रतिष्ठानले यस्तो जानकारी दिएको हो ।
प्रतिष्ठानका गतिविधि सञ्चालनका लागि बिपी अक्षयकोष स्थापनाको शुभारम्भसमेत गरिएको कोषाध्यक्ष त्रिलोचन पौडेलले जानकारी दिए ।
“कोषको शुभारम्भमा केन्द्रीय सदस्य रामकृष्ण अमात्य र मकवानपुर जिल्ला समिति सदस्य अमृता थापामगरले रु एक/एक लाख हस्तान्तरण गरी आजै सुरु गरेका छन्, यसलाई विस्तार गर्दै लैजाने नीति सम्मेलनले पारित गरेको छ” – उनले भने ।
काठमाडौँ उपत्यकामा प्रतिष्ठानको सुविधासम्पन्न बिपी चिन्तन भवन र उद्यान, श्रद्धासुमन अर्पण गर्न पूर्ण कदको सालिक, बिपीको योगदान समेटेर चलचित्र निर्माण गर्नेलगायत बुँदा समेटिएको कोषाध्यक्ष पौडेलले बताए ।
प्रतिष्ठानले भूकम्पपीडितका लागि सरकारले दिएको अनुदान पीडितसम्म पुगे/नपुगेको, गुणस्तरीय काम भए/नभएको विषयमा अनुगमन गर्न अध्यक्ष हरिबोल भट्टराईको संयोजकत्वमा अनुगमन समिति पनि गठन गरेको छ ।
असोज ३ गते नेपाली काँग्रेसका सभापति सुशील कोइराला नेतृत्वको सरकारले संविधानसभाबाट जारी गरेको संविधान कार्यान्वयनमा प्रतिष्ठानले पनि सघाउने निर्णय गरेको छ ।
“संविधानसभाबाट संविधान बनाउने नेपालका पहिलो स्वप्नद्रष्टा बिपी कोइराला थिए, उनको सपनाअनुसार सात दशकपछि जारी भएको संविधान कार्यान्वयनका लागि ७५ वटै जिल्लाका प्रतिष्ठान लागिपर्ने छन्” – अध्यक्ष भट्टराईले भने ।
सम्मेलनमा ७५ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी ५०० को सहभागिता थियो । सम्मेलनको वैशाख २३ गते बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण