सादिकको गृहनगरमा मनाइयो खुसियाली
इस्लामावाद– लन्डनको नयाँ नगरप्रमुख मेयरमा पहिलो मुस्लिम उम्मेदवार विजयी हुन सफल पाकिस्तानी मूलका नागरिक सादिक खानको विजयप्रति पाकिस्तानमा खुसियाली मनाइएको छ ।
बेलायतको राजधानी लन्डनमा उनी मुस्लिम समुदायको नागरिकका तर्फबाट पहिलो पटक निर्वाचित भएका हुन् ।
शनिबार पाकिस्तानी सहर इस्लामावादमा सादिकका पक्षमा नाराबाजी गरिएको छ । त्यस्तै सामाजिक सञ्जालमा पनि उनलाई बधाई ज्ञापन गरिएको छ ।
पाकिस्तानी नागरिक एकजन सवारी चालकका छोरा रहेका सादिकको परिवार नै सन् १९६० मा पाकिस्तानमा बसाईं सरेका थिए ।
उनको विजयपछि पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टोले आफ्नो ट्वीटर अकाउन्टमार्फत बधाई ज्ञापन गरेका छन् ।
उनी बेलायतको लेबर पार्टीका तर्फबाट लन्डनको नगर प्रमुख पदमा विजयी भएका हुन् ।
पाकिस्तानबाट प्राप्त समाचारहरुका अनुसार राजधानी इस्लामावाददेखि विभिन्न सहरमा उनको विजयप्रति खुसियाली मनाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण