बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वी चीनमा सामुद्रिक दुर्घटनामा चारको मृत्यु, सत्र बेपत्ता

शनिबार, २५ वैशाख २०७३, १९ : १५
शनिबार, २५ वैशाख २०७३

चीन– माछा मार्ने प्रयोजनमा हिँडेका चिनियाँ डुङ्गा र मालवाहक पानीजहाज एकआपसमा ठक्कर खाँदा दुई जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना समुन्द्रमा बेपत्ता भएका छन् ।

दुर्घटनापछि त्यहाँ पुगेका डुङ्गाको सहारामा दुई जना यात्रुलाई समुन्द्रबाट जीवितै उद्धार गरिए पनि पछि उनीहरुको समेत मृत्यु भएको चीनको केन्द्रीय टेलिभिजनले बताएको छ ।

बेपत्ता अन्य यात्रुको खोजीकार्य जारी रहेको प्राप्त समाचारमा चीनबाट प्राप्त समाचारमा उल्लेख छ ।

मालवाहक पानीजहाजमा माल्टाको राष्ट्रिय झन्डा भएको प्रत्यक्षदर्शीले जनाए पनि पानीजहाज घटनास्थलबाट भागेको बताइएको छ ।

चीनको विवादित सीमास्थल वरपरको पूर्वी तथा दक्षिणी समुद्रमा चिनियाँ माझीहरुले लापर्बाही तरिकाले डुङ्गा चलाउँदा उक्त क्षेत्रमा दुर्घटना बढेको भन्दै फिलिपिन्स भियतनामलगायतका देशहरुले चिनियाँ माझीहरुको लापर्बाहीलाई रोक्न चीनलाई आग्रह गर्दै आएका छन् ।

चिनियाँ भू–भाग दियाओयु तथा जापानी भू–भाग सेन्काकुस वरपरको ‘इस्ट चाइना सी’ का साना टापुहरुमा दुवै देशको दाबी रहँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप