आचार्य खेलकुद पत्रकारको अध्यक्षमा निर्विरोध
काठमाडौँ– देशभरका खेलकुद पत्रकारको छाता सङ्गठन नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा महेश आचार्य निर्वाचित भएका छन् ।
मञ्चको आज यहाँ भएको अधिवेशनले आचार्यलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । त्यस्तै, प्रथम उपाध्यक्षमा दुर्गानाथ सुवेदी, महासचिवमा प्रकाश तिमिल्सिना, सचिवमा राजु घिसिङ र कोषाध्यक्षमा प्रज्वल ओली निर्विरोध चयन भएका छन् ।
त्यसैगरी, सदस्यमा गोविन्द रेग्मी, कमल खत्री, आदर्श ढकाल र अञ्जन खड्का निर्विरोध छानिए । दुई उपाध्यक्षका लागि भने चारजना सञ्जीव सिल्पकार, श्रीलोचन राजोपाध्याय, सरिता श्रेष्ठ र निरञ्जन अधिकारीबीच प्रतिस्पर्धा भएकोमा श्रीलोचन राजोपाध्याय र सञ्जीव सिल्पकार निर्वाचित भएका छन् ।
अधिवेशनको आजै एक समारोहबीच नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष अनिता बिन्दुले उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेपाली खेलकुद पत्रकारितामा योगदान पु¥याएकोमा गोपाल बस्नेतलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण