बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ताप्लेजुङमा दिउँसो आगलागी हुँदा दुई घर जले

शनिबार, २५ वैशाख २०७३, १९ : १८
शनिबार, २५ वैशाख २०७३

ताप्लेजुङ–ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङमा आज दिउँसो भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् ।

आगलागीका कारण सदरमुकाम फुङ्लीङसँगै जोडिएको कफिहाउस टोलका नेत्र बराल र पदम पौडेलका दुईवटा घर जलेर नष्ट भएका हुन् ।

दिउँसो करिब दुई बजे भएको आगलागी दमकल, सेना, प्रहरी र सदरमुकामवासीको प्रयासमा नियन्त्रणमा आएको थियो । नजिकै पानीको स्रोत नभएको र दमकल समेत जान नसक्ने साँघुरो बाटो भएकाले समयमानै आगलागी नियन्त्रणमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले अहिले नै यकिन नभएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप