सर्वसुलभ र समान पहुँचका लागि निःशुल्क शिक्षा हुनुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौँ– उपराष्ट्रपति नन्दकिशोर पुनले सबै बालबालिकालाई शिक्षामा सर्वसुलभ र समान पहुँच पु¥याउन निःशुल्क शिक्षा हुनुपर्ने बताएका छन् ।
कीर्तिपुर नगरपालिका–८ चम्पादेवी गोदामचौरस्थित बाघभैरव माविको स्वर्ण महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार्नसमेत निःशुल्क शिक्षा आवश्यक रहेकामा जोड दिँदै निःशुल्क शिक्षा नभएसम्म सबै बालबालिकाको शिक्षामा समान पहुँच नपुग्ने विचार व्यक्त गरे ।
“सामुदायिक विद्यालय सङ्कटबाट गुज्रिरहेका छन्”, उनले भने – “शैक्षिक अवस्थाको सुधारका लागि आगामी बजेटमा शिक्षा क्षेत्रमा यथेष्ट बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छु ।”
सोही अवसरमा उपराष्ट्रपति पुनले विद्यालयको पूर्वप्रावि कक्षाको उद्घाटन तथा स्वर्ण महोत्सव स्तम्भको शिलान्यास गरे ।
कार्यक्रममा विद्यालयका संस्थापक शिक्षक, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, पूर्व प्रधानाध्यापकहरु, दाताहरुलाई प्रशंसापत्र तथा सम्मानपत्र वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषबाट विद्यालयलाई रु दुई लाख सहयोग गर्ने घोषणा रे । महोत्सव आयोजक समितिका संयोजक राधाकृष्ण बस्नेत, प्रधानाध्यापक शिवहरि गिरीलगायतले विद्यालयका कार्यक्रम तथा योजनाबारे जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण