ज्योती मगरलाई अस्ट्रेलियामा गायक मिलन लामाले गुन्यो चोलो लगाइदिएपछि...
काठमाडौं – नेपाली लोकदोहोरी गीतको क्षेत्रमा पछिल्लो समय चर्चामा र बिवादमा आईरहने गायिका ज्योती मगर यतिखेर कार्यक्रमको शिलशिलामा अस्ट्रेलियामा छिन् । केहिदिन अघिमात्र अस्ट्रेलिया पुगेकी ज्योतीले अस्ट्रेलियामा शुक्रबार ( मे ६) भएको एक कार्यक्रम भन्दा फरक प्रस्तुती देखाइन् । अन्य कार्यक्रममा उनको त्यो कार्यक्रम फरक हुन पुग्यो किनकी उन स्टेजमा गुन्यो चोलीमा प्रवेश गरेकी थिइन् ।
गायिका ज्योती मगर भनिसकेपछि बोल्ड भनेर चिनिएकी उनी अस्ट्रेलियाको डार्विनको एक कार्यक्रममा यसरी गुन्यो चोलीमा सजिँदा दर्शकहरु निकै उत्साहित देखिन्थे । धेरैजसो कार्यक्रममा छोटा पहिरनमा आफ्नो प्रस्तुती दिने ज्योती मगरले गुन्यो चोलीमा प्रस्तुती दिँदा केहि दर्शक अनौंठो मानेका थिए । हुन त ज्योतीले पहिलो पटक गुन्यो चोलीमा प्रस्तुती दिएकी त होइनन् तर उनका अधिकांश प्रस्तुती छोटा पहिरनमै हुने भएकाले पनि दर्शक माझ उनी हट गायिका तथा मोडल भनेर चिनिएकी छिन् ।
ज्योती मगर यसरी स्टेजमा गुन्यो चोलीमा भने त्यसै आइनन् । गायक मिलन लामाको बिशेष पहलमा उनी गुन्यो चोलीमा गीत गाएकी हुन् । दौरा सुरुवाल टोपीमा सजिएका मिलन लामाले ज्योतीलाई गुन्यो चोलीमा स्टेजमा चढाएका हुन् ।
त्यसो त ज्योतीले पनि आफुलाई गुन्यो चोलीमा गीत गाउँन पाउँदा निकै खुसी लागेका बताएकी छिन् । देशप्रेमी गायक मिलन लामाका अधिकांश गीतहरु पर्यटनसँग सम्बन्धित हुन्छन् र नेपाली मन भएका गीत गायका हुन्छन् त्यसैले पनि उनले देश बिदेशका कुनै पनि कार्यक्रममा प्राय दौरासुरुवालमा आफ्नो प्रस्तुती दिएका हुन्छन् ।
साथै कार्यक्रममा पेटमिचि मिचि हँसाउन खप्पिस हाँस्यव्यंग्यकार राजा राजेन्द्र पोख्रेलले पनि देशको परिस्थीतलाई समेट्दै व्यंग्य गरेका थिए । कार्यक्रममा दोस्रो नेपाली तारा सन्तोष लामाले पनि आफ्नो प्रस्तुती दिएका थिए ।
अस्ट्रेलियामा मे ६ देखी २२ तारिख सम्म हुने ६ वटा कार्यक्रमका लागी कलाकारहरु त्यहाँ पुगेका हुन् । कलाकारको टोली अर्को साता कार्यक्रम सकेर नेपाल फर्कनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण