बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्यूठानमा कार दुर्घटना : २ को मृत्यु, ५ घाइते

शनिबार, २५ वैशाख २०७३, १९ : २६
शनिबार, २५ वैशाख २०७३
रोल्पा – प्यूठानको स्वर्गद्वारीबाट दर्शन गरी घर फर्कदैँ गर्दा प्यूठानकै भिङ्ग्री–१, ढाडमा कार दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेहरुमा दाङ तुलसीपुर नगरपालिका अन्तर्गत उरहरी निवासी १९ वर्षीया विमला खनाल र सोही ठाउँका १३ वर्षीया अस्मिता खनाल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । आज शनिबार स्वर्गद्वारीबाट दर्शन गरी दाङ घर फर्किने क्रममा बा १४ च ३८३९ नम्बरको स्कारपियो कार दुर्घटनामा परेको थियो । पानी परेको र बाटो चिप्लो भएकोले दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । घाइतेहरूको प्रहरी र स्थानीयले उद्दार गरेका थिए । दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल विजुवार प्यूठानमा उपचार भइरहेको छ । घाइते तीन जनालाई भने थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । तुलसीपुर नगरपालिका १९ निवासी वर्ष १९ कि वसन्ता खनाल र वर्ष ६४ कि दिया खनाललाई रिफर गरिएको बताइएको छ । अन्य घाइतेहरुमा २५ वर्षीया कमला खनाल, ४६ वर्षीया कौशिला खनाल, २० वर्षीया शारदा खनाल छन् । कारमा सवार ११ तिर्थयात्रुमध्ये १ जना हराइरहेको र ३ जना सकुशल रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप