बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ज्योती कुञ्जमा जुनियर रेडक्रस सर्कलको पुनर्गठन, अध्यक्षमा समिर थापा

शनिबार, २५ वैशाख २०७३, १९ : ३०
शनिबार, २५ वैशाख २०७३

पोखरा–ज्योती कुञ्ज इङलिस उच्च मावि पोखरा–१० रामबजार उत्तममार्गको जुनियर रेडक्रस सर्कलको अध्यक्षमा समिर थापा चयन भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा करण थपलिया, सचिव कुशुम गुरुङ, सहसचिव पूजा गुरुङ, कोषाध्यक्ष स्मृति गुरुङ चयन भएका छन् ।

सदस्यहरुमा असिम कार्की, भीम पौडेल,अनिशा गुरुङ, शिबु गुरुङ, इशा गुरुङ, इल्शा थापा, निरुता गुरुङ र आश्चर्य शर्मा चयन भएका छन् । निर्णायक मण्डलमा विद्यालयका संस्थापक निर्देशक एवं व्यवस्थापन समितिका अध्यक्ष बालाकृष्ण शर्मा, प्रिन्सिपल पुरन कुँवर, शिक्षक नायक सुमन अधिकारी रहेका थिए ।

कार्यक्रमको सञ्चालन कृष्ण लम्सालले गरेका थिए । कार्यक्रम सफल पार्न सहशिक्षक नायिका रेखा कार्कीले पनि सहयोग गरेकी थिइन् । शिक्षक नायक सुमन अधिकारीले रेडक्रसका ७ सिद्धान्त वाचन गराएर कार्यसमितिलाई सपथग्रहण गराएका थिए । निर्देशक शर्मा र प्रिन्सिपल कुँवरले कार्यसमितिलाई खादा ओडाएर सम्मान गरेका थिए । उक्त अवसरमा शिक्षक नायक सुमन अधिकारी र सहशिक्षक नायक रेखा कार्कीलाई पनि अबिर तथा खादा ओडाएर सम्मान गरिएकोे थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप